धनगढीको चटकपुर क्षेत्रबाट पेस्तोलसहित ३ जना पक्राउ
धनगढी। धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको हो।
उक्त कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरू पक्राउ भएको स्वीकार गरेपनि थप विवरण दिन नमिल्ने बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment