७३ बर्षको उमेरमा जुल्याह छोरी पाउने आमा?
नयाँदिल्ली। भारतको आन्द्र प्रदेशको गुटुर जिल्लाकी ७३ वर्षीया एक महिलाले जुम्ल्याहा बालिकाको जन्मदिएपछि संसार भर नयाँ तरंग उत्पन्न भएको छ।
७३ बर्षीया यरामती मंगायम्माले बुधबार अस्पतालमा दुई बच्चालाई सिजरिड गरेर सकुसल जन्मदिएको अस्पतालले जानकारी दिएको छ।
डाक्टर उमा शंकरले अपरेशन गरी दुवै बालिकालाई सकुशल जन्मदिन सफल भएको बीबीसीले जनाएको छ। बच्चाको अवस्था सामान्य रहेपनि अझै २१ दिन ती बालिका चिकित्सकको निगरानीमा अस्पतालमा नै रहने भएका छन।
जुम्ल्याह बच्चाको जन्मदिने बृद्ध महिलाको वल्र्ड रेकडमा यरामतीको नाम लेखिएको बीबीसीले जनाएको छ । यस अघि स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा बिश्व रेकर्ड कायम रहेको थियो। उनले सन २००६ मा ६६ बर्षको उमेरमा जुम्ल्याह बच्चालाई जन्म दिएकी थिइन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment