राज्यमन्त्री मण्डलद्वारा कल्याणपुर ग्रामीण भेगका जनतालाई एम्बुलेन्स प्रदान

डिसी नेपाल
२० भदौ २०७६ ७:४६
4
Shares

सिरहा। प्रदेश नम्बर दुईका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि एम्बुलेन्स किनिदिएका छन्।

गृहजिल्ला सिरहाको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित राज्यमन्त्री मण्डलले आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि एम्बुलेन्स किनिदिएका हुन्। आफ्नो संसदीय विकास कोषको रकमबाट रेडक्रस सोसाइटीमार्फत एम्बुलेन्स किनेको राज्यमन्त्री मण्डलले जानकारी दिए।

राज्यमन्त्री मण्डलले यसअघि आफ्नो निर्वाचन क्षेत्रलाई उज्यालो बनाउने अभियाना अन्तर्गत ठाउँ ठाउँमा सोलार बत्ति जडान गरेका थिए।

करिव ७० हजार जनसंख्या रहेको आफ्नो निर्वाचन क्षेत्रमा रहेको नगरपालिकामा एउटा पनि एम्बुलेन्स नहुँदा सर्वसाधारण विमारी हुँदा ज्यान जोगाउन गाह्रो भएपछि आफूले एम्बुलेन्स किनिदिएको राज्यमन्त्री मण्डलले जानकारी दिए।

एम्बुलेन्स किनेपछि सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको राज्यमन्त्री मण्डलले जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *