श्रीमान्ले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो

डिसी नेपाल
२० भदौ २०७६ ९:३७

खोेटाङ। श्रीमान्ले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो।

श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए। प्रहरीका अनुसार हत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सीतारामलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोद खेरवालले जानकारी दिए।

राई दम्पतीको एक छोरा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *