१६ वर्ष नपुगेकाले एक्लै जय किशनको ‘हिरो नं. १’ हेर्न नपाउने

डिसी नेपाल
२० भदौ २०७६ ११:५५

काठमाडौं । अभिनेता जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘हिरो नं. १’ सेन्सर पास भएको छ। आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी (१६ वर्ष मुनिका बालबालिकालाई अभिभावकको साथ चाहिने) सर्टिफिकेट दिएको छ ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशनका साथमा जाहन्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन तथा सुदिप पाण्डेयको सम्पादन रहेको छ ।

सार्वजनिक गीत, ट्रेलर तथा अन्य प्रचार सामाग्रीबाट सकारात्मक प्रतिक्रिया पाएको हुनाले चलचित्रलाई दर्शकले रुचाउनेमा आशावादी रहेको जय किशन बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *