पहिलो भेटमै विराटसँग रिसाएकी थिइन् अनुष्का, यस्तो थियो कारण
एजेन्सी। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माको जोडी संसारभरका सुन्दर जोडीमध्ये गनिन्छ । यी दुईको पहिलो भेट एउटा विज्ञापनको शुटिङका क्रममा भएको थियो । यही भेटपछि उनीहरु साथी बने । सम्बन्धले विस्तारै प्रेमको रुप लियो र दुईले विवाह गरे । यी दुईको पहिलो भेटको विषयमा अहिले एउटा रोचक खुलासा भएको छ ।
विराटले एक टिभी शोमा आफू अनुष्कासँग पहिलोपटक भेट्दा निकै नर्भस भएको खुलासा गरेका छन् । यही कारण विराटले अनुष्कासँग पहिलो भेटमै गलत कुरा बोलेका थिए । विराटले भने ‘म धेरै नर्भस थिएँ । मलाई थाहा थिएन कि के गर्नुपर्छ । आफ्नो डर लुकाउनको लागि मैले एउटा जोक सुनाएँ ।’ अनुष्कासँग पहिलो भेटको बारेमा कुरा गर्दै कोहलीले भने ‘मैले जे भनें शायत त्यो सही थिएन ।’
विराटका अनुसार त्यतिबेला अनुष्का हाइ हील लगाएर सेटमा आएकी थिइन् । हीलका कारण अनुष्का विराटभन्दा अग्ली देखिएकी थिइन् । यो देखेपछि विराटले भनेका थिए – तपाइँले यो भन्दा अग्लो हील पाउनुभएन ? विराटको मुखबाट यो कुरा सुनेर अनुष्का रिसाएकी थिइन् । त्यसपछि कोहलीले कुरा सम्हाल्दै आफूले केवल मजाक गरेको बताएका थिए । विराटले मान्छन् कि अनुष्का अगाडि आएपछि उनको पूरै जीवन नै बदलियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment