टानको अध्यक्षमा कांग्रेसनिकट खुम सुवेदी विजयी

डिसी नेपाल
२१ भदौ २०७६ ७:२९

काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल(टान)को अध्यक्षमा पर्यटन व्यवसायी खुम सुवेदी विजयी भएका छन्।

शुक्रवार भएको ४१ औं वार्षिक साधारणसभाबाट नेपाली काँग्रेस निकटका उम्मेदवार सुवेदीले ५२१ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्धन्दी (नेकपा) निकट अन्जन कुमार थापाले ४३८ मत ल्याएर पराजित भएका हुन्।

१७ सदस्यीय निर्वाचित कार्य समितिका लागि अध्यक्षका प्रतिद्धन्दी थापा ८३ मतान्तरले पराजित भएका हुन् । त्यस्तै महासचिवमा थापा प्यानलकी सरिता लामा (४२) विजयी भएकी हुन् । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यानलका नविन त्रिताल (४८५), प्रथम उपाध्यक्षमा चोलेन्द्र्रवहादुर कार्की (४९०), द्धितीय उपाध्यक्षमा भरत सापकोटा (४९६), र सचिवमा थापा प्यानलका दामोदर ढकाल (४६८) निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा सुवेदी प्यानलकी ऋतु ग्यामदान (५२०), र सह कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ (४९०), निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरुमा सुवेदी प्यानलका सनम शेर्पा (४४४), कान्छा शेर्पा (४९२), सिक्विर घले (४९), र सोनाम ग्याल्जेन शेर्पा (५१) विजयी भएका हुन् भने थापा प्यानलका ठाकुर सापकोटा (४३८, प्रेमबहादुर लामा (४५१, मिङ्मा तेन्जिङ्ग शेर्पा (४५७), रामबहादुर गुरुङ्ग विजयी (४६५) भएका छन् । महिला सदस्यमा ङिमा दिकी शेर्पा (४९४) विजयी भएकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *