नेपाली सेनाको गण नजिकै महिलाको शव फेला

डिसी नेपाल
२१ भदौ २०७६ १२:२२

काठमाडौँ । महोत्तरीको बर्दिवासमा रहेको नेपाली सेनाको गण नजिकै एक महिलाको शव फेला परेको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका –८ बिजयबस्ती टोलमा रहेको नेपाली सेनाको मध्यपूर्वी पृतनाको कालीसिद्धि गण परिसर नजिकै बिहान साढे ७ बजेतिर अन्दाजी ३० वर्षीया अपरिचित महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महिलाको शरीरमा चोटपटक देखिएकाले उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *