जब मन्त्री नै औषधि र उपकरण बोकेर बोकेर बिरामी जाँच्न पुगे…

डिसी नेपाल
२१ भदौ २०७६ १५:२३

जनकपुर। मन्त्री र नेता आउने बित्तिकै सबैले सोच्छन् अब लामालामा पट्यारलाग्दा भाषण सुनाउँछन्, मानिसहरुले भिडबाट ताली बजाँछन् । नेताजी फर्केपछि आ–आफ्नै बुझाइअनुसार कसैले साकारत्मक र कसैले नकारात्मक टिप्पणी गर्छन् ।

तर, जनकपुरमा बहालवाला मन्त्री हातमा ‘स्टेथेस्कोप’ काँधमा भिरेर बिरामी जाँच्न थालेपछि देख्नेहरु चकित भए । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले शनिबार जनकपुर उपमहानगरपालिका–८ स्थित जानकी वृद्धाश्रमका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका हुन् ।

उनले आश्रमका १६ बिरामीको स्वास्थ्य जाँच गरे । ब्युटिसियन एसोसिएशन धनुषाले वृद्धवृद्धाहरुका लागि आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर उदघाटन कार्यक्रममा राज्यमन्त्री यादव आफैंले बिरामी जाँचेका हुन् । समाजवादी पार्टीका केन्द्रीय सदस्य यादव सक्रिय राजनीतिमा आउनुअघि चिकित्सा पेशामा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *