अमेरिकाको कोलोराडोकोमा पहिलो पटक ईन्द्रजात्रा कार्यक्रम हुँदै

डिसी नेपाल
२२ भदौ २०७६ १०:१३

कोलोराडो, अमेरीका । नेवा समुदायको धर्म संस्कृती संरक्षण तथा पहिचाहन गर्ने उद्धेश्यले कोलोराडोमा पहिलो पटक ईन्द्रजात्रा कार्यक्रम आयोजना गर्ने भएको छ। कोलोराडो स्थित नेवाः खलःको आयोजनामा बर्षा र सहकालका देवता ईन्द्रको पुजा आरधना गरी नेवा समुदायले मनाउने ईन्द्रजात्रा आगामी सेक्टेम्बर १५ तारिकका दिन मनाउन लागेको हो।

इन्द्रजात्रा काठमाडौं, भक्तपुर लगायत नेवा समुदायको बस्ती रहेको स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवाहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्र जात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। मठै मठ र मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल मानिन्छ।

जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरू भई मंगल चौथी सम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी सम्पन्न गरिन्छ। आफ्नी आमा वसुन्धराको व्रत निम्ति स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल र कर्कलो टिप्न लाग्दा उनलाई चोर भनी तन्त्र बिधीबाट डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको संझनामा इन्द्रजात्रा मनाउने गरिन्छ।

त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगिन् भन्ने भन्ने कथन अझै नेवा समुदायमा जीवितै छ। तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।

हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरू हुन्छ। राजा प्रतापसिंह शाहले चलाएको चलन अनुसार हनुमानढोका दरवारक्षेत्रमा रहेको भैरवको विशाल मुर्ति दर्शन र पुजा गर्न सर्वसाधारणलाई लागि यहि समयमा खुला गरिन्छ।

यस अवसरमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। आठ दिनसम्म राजधानीका विभिन्न ठाउँमा भक्कुनाच (सवभकु), भक्तपुरको महाकालीनाच, मजिपमत लाखे नाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावतहात्तीको प्रतिकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

चोर भनी डोरीले पाता कसी राखेका इन्द्रलाइ छुटाउन स्वयं उनका आमा बसुन्धरा आउदा उपत्यका बासिले हामीहरूलाइ पनि स्वर्गलाने भएमात्र इन्द्रलाइ छुटाउने सर्त राखे। बसुन्धराले उक्त सर्त स्विकार गरी सबैलाइ लिएर काठमाडौबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा पुगे पछि बसुन्धरा र इन्द्र अन्तर्रध्यान भए। त्यसको बदलामा कुहिरो दिएर गए भन्ने धार्मिक विश्वास रहेको छ।

अहिले सम्म दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइचो लाग्छ। यि र यस्तै धर्म, सँस्कृति र परंपरालाइ संरक्षण तथा पहिचाहन गराउन इन्द्रजात्रा शुरूगर्न लगिएका नेवाः खलःका अध्यक्ष प्रमकाजी श्रेष्ठले बताएका छन्।

उनले यस कार्यक्रमको प्रचार प्रसार गरि सेक्टेम्बर १५ का दिन बिहान ११ बजे देखि ३ बजेसम्म Webter Lake, Northgleen , Co 80223 मा संचालन हुने कायक्रममा उपस्थित भइ दिनु हुन संघ संस्थाका प्रतनिधी कलाकार, पत्रकार, गन्यमान्य, बुद्दीजिवी, ब्यवसाही, सर्बसाधारण सबैलाइ अनुरेध गरेका छन्। कार्यक्रममा लाखे नाच, धिमेबाजा, शान्ति दिप प्रज्वलन, समुदायमा अमुल्य याेगदान गर्नेलाइ सम्मान, समेबजि बितरणर जस्ता कार्यक्रम रहेको संस्थाका सचिव माेहनकाजि श्रेष्ठले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *