बिरामी बोकेको एम्बुलेन्स दु*र्घटना, एक जनाको मृ*त्यु, ४ घाईते

सांकेतिक तस्बिर


महोत्तरी । महोत्तरीको बर्दिवासमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी अन्य ४ जना घाईते भएका छन्।

बिरामी लिएर जनकपुरतर्फ जाँदै गरेको बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स बर्दिवास ३ मा दुर्घटना हुँदा अन्दाजी ५० वर्षीया तारा बादीको ज्यान गएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स दुर्घटनामा परी चालक चित्रबहादुर बुढाथोकी र मृतकका छोरा उवेश बादी, छोरी गंगा बादी घाइते भएका छन्। दुर्घटनामा परेको एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्री पनि घाईते भएका छन्।

एम्बुलेन्सको ठक्करबाट धनुषाको मिथिला ४ की रोशा बराइली दाहिने खुट्टा भाँचिएको छ। हाल घाईतेको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भईरहेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो