पूजा–सौगात, आकाश –सृष्टी अभिनित ‘पोइ पर्यो काले’को शीर्ष गीत रिलिज

डिसी नेपाल
२२ भदौ २०७६ १४:३४

काठमाडौं। चलचित्र ‘पोइ पर्यो काले’को शीर्ष गीत सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा एक कार्यक्रमाबीच ‘मायाको चिनो’बोलको गीत सार्वजनिक गरिएको हो।

नृपेश उप्रेतीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टी श्रेष्ठले कम्मर मर्काएका छन्। त्यस्तै सोहित मानन्धर र सुरक्षा पन्त पनि भिडियोमा देखिएका छन्। सुरक्षाले चलचित्रका अतिथि भूमिका निर्वाह गरेकी हुन्।

भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी छ।

शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको ‘पोइ पर्यो काले’लाई किरण नेपालीले प्रस्तुत गरेका हुन्। चलचित्रमा राजिव गुरुङ (दिपक मनाङ्गे) र सरोज नेपालीको लगानी छ। अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन्। शिव ढकालको छायांकन रहेको चलचित्रमा सम्पादनको जिम्मेवारी तारा थापा ‘किम्भे’ले लिएका छन्।

कमेडी र सामाजिक कथामा निर्माण गरिएको चलचित्र तिहारको अवसरमा कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ। –तस्वीर सौजन्य : सुमन न्यौपाने

हेर्नुहोस् शीर्ष गीतको भिडियो :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *