चन्द्रमामा हराएको भारतको ‘चन्द्रयान–२’ को बिक्रम ल्याण्डर भेटियो

डिसी नेपाल
२२ भदौ २०७६ १४:३४

काठमाडौं। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले चन्द्रमामा हराएको चन्द्रयान २ को बिक्रम ल्याण्डर भेट्टाएको छ । चन्द्रयानसँगै गएको अर्बिटरले थर्मल इमेज क्यामेराबाट बिक्रम ल्याण्डरको फोटो खिचेर इसरोमा पठाएको छ । अहिलेसम्म बिक्रम ल्याण्डरँग कुनै सम्पर्क स्थापित हुन सकेको छैन । इसरोले दिएको जानकारीलाई उद्धृत गर्दै आज तक ले लेखेअनुसार बिक्रम ल्याण्डर ल्याण्ड गर्ने तय स्थानभन्दा ५ सय मिटर पर छ ।

चन्द्रयान २ को अर्बिटरमा जडित अप्टिकल हाइ रिज्योलुसन क्यामेराले बिक्रम ल्याण्डरको तस्वीर खिचेको हो । अब इरोका वैज्ञानिक अर्बिटरको माध्यमबाट बिक्रम ल्याण्डरलाई सन्देश पठाउने कोसिस गरिरहेका छन् ताकि ल्याण्डरको कम्युनिकेशन सिस्टम अन गर्न सकियोस् । बैंगलुरुस्थित इसरो सेन्टरबाट लगातार बिक्रम ल्याण्डर र अर्बिटरलाई सन्देश पठाइएको बताइएको छ ।

भविष्यमा विक्रम ल्याण्डर र प्रज्ञान रोभरले कति काम गर्न सक्छन् भन्ने जाँचपछि मात्र थाहा हुनेछ । इरो वैज्ञानिक अहिले यो पत्ता लगाउने कोसिस गरिरहेका छन् कि चन्द्रमाको तहबाट २.१ किलोमिटर उचाइमा बिक्रम आफ्नो तर्य मार्गकाट किन भट्कियो ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *