आयुर्वेद चिकित्सकको अनुमतिपत्र परीक्षामा शतप्रतिशत उत्तीर्ण

डिसी नेपाल
२२ भदौ २०७६ २१:५८

काठमाडौं। नेपाल आयुर्वेद मेडिकल काउन्सिलले आयुर्वेद चिकित्सकको अनुमतिपत्र ९लाइसेन्स० परीक्षामा शतप्रतिशत आयुर्वेद चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलले नेपालमा पहिलोपटक भदौ १४ गते लिएको सो अनुमतिपत्र परीक्षामा सहभागी भएका ६८ चिकित्सक शतप्रतिशत उत्तीर्ण भएका काउन्सिलले जनाएको छ ।

काउन्सिलका रजिष्ट्रार डा नारायण श्रेष्ठले आयुर्वेद चिकित्सकलाई समयानुकूल बनाउन अनुमतिपत्र परीक्षाको शुरुआत गरेको जानकारी दिए। आगामी दिनमा काउन्सिलले छ–छ महीनाम परीक्षा लिने तालिकासमेत सार्वजानिक गरेको छ । परीक्षामा आयुर्वेदमा स्नातक तह (बिएएमएस तह) उत्तीर्ण गरी छ महीना इन्टरशीप समाप्त गरेका विद्यार्थीले सो परीक्षामा समावेश हुनसक्ने काउन्सिलले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरस्थित नेपाल आयुर्वेद क्याम्पसमा विसं २०५३ देखि आयुर्वेद तहका स्नातक अध्ययन अध्यापन शुरु भएको थियो । पछिल्लो समय स्नातकोत्तर तहकोसमेत अध्ययन शुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत आयुर्वेद चिकित्सक, कविराज तहका दरबन्दी रहेका छन् । नेपाल आयुर्वेद चिकित्सक सङ्घले नेपाल आयुर्वेद मेडिकल काउन्सिल गठन गरी आयुर्वेद चिकित्सकको अनुमतिपत्र परीक्षा लिने व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षणसमेत गराउँदै आएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *