नेपालगञ्ज–लखनउ सिधा बस सेवा

डिसी नेपाल
२२ भदौ २०७६ २२:२३

नेपालगञ्ज–लखनउ सिधा बस सेवानेपालगञ्ज। पहिलो पटक नेपालगञ्जबाट भारत उत्तरप्रदेशको राजधानी लखनउसम्म सिधा बस सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । भेरी यातायात प्रालि र उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौतापछि उक्त बस सेवा सञ्चालनमा आएको हो ।

हाललाई दैनिक दुई वातानुकूलित सुविधासहितका बस सञ्चालन गरिएको भेरी यातायातका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए। उनका अनुसार नेपालगञ्जदेखि लखनउसम्मको भाडादर रु ५०० तोकिएको छ ।

सिधा बस सेवाले बिरामीलगायत अन्यलाई सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । आइतबार यहाँ आयोजित कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले बस सेवा सञ्चालनको शुभारम्भ गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *