चिनियाँ परराष्ट्रमन्त्री वाङ र पाकिस्तानी विदेशीमन्त्री कुरेसीबीच भेटवार्ता

डिसी नेपाल
२२ भदौ २०७६ २३:२२

इश्लामावाद (रासस/सिन्ह्वा) । चिनियाँ राज्य परिषद् सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले इस्लामाबादमा तेस्रो चीन अफ्गानिस्तान पाकिस्तान विदेशमन्त्रीस्तरीय बैठकपछि शनिबार पाकिस्तानी विदेश मन्त्री साह महमुद कुरेशीसँग भेटवार्ता गरेका छन्।

परिवर्तित अन्तराष्ट्रिय परिस्थितिको परीक्षणलाई पार गरेको चीन र पाकिस्तानबीचको विशेष मित्रता सधैं चट्टानी रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेमा दुई देशका विदेशमन्त्रीबीच कुराकानी भएको चिनियाँ परराष्ट्र मन्त्री वाङले आइतबार बताए।

चीनले सधैँ नै पाकिस्तानद्वारा राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको संरक्षण गरेकोमा समर्थन दिँदै जाने मन्त्री वाङले बताए। साथै चीनले पाकिस्तानसँग चीन पाकिस्तान आर्थिक कोरिडोरको निर्माण प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रको प्रभावकारी सहयोगलाई गहन पार्दै जाने विश्वास पनि उनले भेटमा दुई नेताबीच भएका कुराकानीका आधारमा विश्वास गर्न सकिने बताए।

यसैबीच पाकिस्तानका विदेशमन्त्री कुरेशीले नयाँ चीनको सत्तरीऔँ स्थापना दिवसका अवसरमा शुभकामना दिएको बताइएको छ । उनले चीन नै पाकिस्तानको सबैभन्दा घनिष्ट मित्र र असल साथी भएको बताए।

पाकिस्तानले पाकिस्तान चीन आर्थिक कोरिडोरको निर्माणमा सक्रिय समर्थन दिनुका साथै कोरिडोरद्वारा पाकिस्तानका लागि सिर्जना गरेको विशाल लाभको उच्च प्रशंसा गरेको बताइएको छ । पाकिस्तानले क्षेत्रीय तथा अन्तराष्ट्रिय मामिलाका लागि चीनसँग सहयोग गर्दै चीनद्वारा आफ्नो केन्द्रीय हितको संरक्षण गरेकोमा द्दढ समर्थन दिँदै जाने पनि भेटमा बताएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *