ट्विटरमा नग्न तस्बिर रोक्ने प्रविधि परीक्षण गरिँदै

डिसी नेपाल
२३ भदौ २०७६ ९:१९

बीबीसी। ट्विटरको व्यक्तिगत सन्देशमा पठाइएका पुरुष गुप्ताङ्को तस्बिर चिनेर मेट्न सक्ने प्रविधि अमेरिकाको सिएटलमा विकास भइरहेको छ।

एक जना सफ्टवेअर विकासकर्ता केल्से ब्रेस्लरलाई एक पुरुषले नाङ्गो तस्बिर पठाएपछि सो परियोजना सुरु भएको बताइएको छ।

अहिले उनी आर्टफिशल इन्टेलिजन्स प्रयोग गरेर एकजना साथीलाई लिङ्गका तस्बिर पत्ता लगाउने र मेट्ने प्रविधि विकास गर्न सघाइरहेकी छन्। उनी भन्छिन्, “जब तपाईँ नचाहेको नाङ्गो तस्बिर पाउनुहुन्छ तब तपाईँलाई अपमानित गरिएको महसुस हुन्छ।”

“यो कसैलाई बाटोमा गुप्ताङ्ग देखाएको जत्तिकै हो। तपाईँलाई जबरजस्ती देखाइएको कुरा कहिल्यै स्वीकार्य हुन सक्दैन।”

यो प्रविधि प्रयोग गर्न ब्रेस्लरको टोलीले एउटा इमेलमार्फ्त परीक्षणका लागि नाङ्गो तस्बिर पठाउन आह्वान गरेका थिए।

तर धेरै तस्बिर प्राप्त भएकाले सो इमेल बन्द गर्नुपरेको बताइएको छ। प्रारम्भिक परीक्षणमा लिङ्गमाथि अरू केही सामान राखेका तस्बिरहरू पत्ता लागेको छैन।

तर ब्रेस्लर भन्छिन्- यो सफ्टवेअरको ठूलो सफलता हो र यसले धेरै नाङ्गा तस्बिर पत्ता लगाएको छ। “यो समस्या दैनिकजसो समाचारमा आएको छ तर ट्विटरले यसलाई समाधान गर्न चासो देखाएको छैन।”

ब्रेस्लर भन्छिन्: “यदि हामीले यो प्रविधि केही दिनमा निर्माण गर्न सक्छौँ भने मलाई थाहा छैन प्रविधि कम्पनीहरू यत्रो समय के गरेर बसेका छन्।” ब्रेस्लरले आफ्नो टोलीले यो सफ्टवेअरको काम सकेपछि ट्विटरलाई दिन पनि सकिने बताएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *