डोरियन आँधीबाट बहमास भग्नावशेषमा परिणत, स्थानीयबासीको संघर्ष जारी
नसाउ, बहमास। संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन आँधीले बहमासलाई तहसनहस बनाएको छ। स्थानीयबासीहरु भग्नावशेषका बीचमा जनजीवनलाई सामान्य तुल्याउन सङ्घर्षरत रहेका छन्।
समुद्रको छाल र भीषण वर्षासहित आएको डोरियन आँधीले अस्तव्यस्त तुल्याएको यहाँको जनजीवन अझै पनि असामान्य रहेको छ।
बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिएका थिए।
डोरियनका कारण अमेरिकाको पूर्वी तटीय इलाकासहित हाल यो पूर्वी क्यानडामा केन्द्रित भएको छ। यहाँ पनि आँधीले ठूलै क्षति गरेको छ।
बहमासका स्वास्थ्यमन्त्री ड्वाने सनड्सले डोरियन आँधीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४४ पुगेको पुष्टि गरेका छन्।
यसअघि यस आँधीको प्रकोपबाट ३० जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको थियो। यस आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment