‘मर्डर २’ का भिलेन श्रीमतीसहित जेल चलान

डिसी नेपाल
२३ भदौ २०७६ १७:०२

मुम्बइ। ९० को दशकको फिल्म ‘छल’ मा मुख्य भूमिका र ‘मर्डर २’ मा भिलेनको भूमिकामा देखिएका प्रशान्त नारायणन र उनकी श्रीमती शोना जेल चलान भएका छन्। उनले ५० भन्दा धेरै बलिउड फिल्ममा काम गरेका छन्। तर, पछिल्लो समय उनी फिल्ममा देखिएका थिएनन्।

भारतीय संचार माध्यमकाअनुसार नारायणनलाई केरला प्रहरीले गिरफ्तार गरेको छ। थोमस पनिकरले धोका दिएको आरोपमा उनीविरुद्ध मुद्धा हालेका थिए। सोही आधारमा नारायणन पक्राउ परेका हुन्। थोमस मलयालम फिल्म निर्माता हुन्। सन् २०१७ मा नारायणनले उनको फिल्ममा काम गरेका थिए। फिल्मपछि दुवै निकट भएका थिए।

थोमसलाई नारायणनले आफ्नी श्रीमतीका बाबुको फिल्म कम्पनी मुम्बईमा रहेको र सो कम्पनीमार्फत निर्देशक बनाउने प्रलोभन दिए। त्यसपछि थोमसले एक करोड २० लाख रुपैयाँ लगानी गरे। केही समयपछि थोमसलाई थाहा भयो कि उनीसँग धोका भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *