अमेरिकी प्रतिबन्धका बाबजुद इरानी तेलको कारोबार जारी

डिसी नेपाल
२३ भदौ २०७६ १८:५७

तेहरान (बीबीसी) । अमेरिकाले लगाएको अन्तर्राष्ट्रिय प्रतिबन्धको अवज्ञा गर्दै इरानी तेल सिरिया पु¥याउने प्रयास गरिरहेको एउटा ट्याङ्करले आफ्नो कार्गो विक्री गरेको इरानले जनाएको छ । एड्रिआन डारिया–१ नामक जहाज शुक्रवार सिरियाली तटीय क्षेत्रतर्फ गएको देखिएको भूउपग्रहबाट प्राप्त तस्बिरमा देखिन्छ । तर इरानी विदेश मन्त्रालयका प्रवक्ताले ‘भूमध्यसागरको तट’मा पुगेपछि कार्गो पठाइएको बताएका छन्। उक्त जहाज अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा रहिआएको छ ।

गत जुलाईमा ब्रिटिश जलसैनिकले जिब्राल्टारमा उक्त जहाजलाई नियन्त्रणमा लिएका थिए र इरानले सिरिया नपठाउने आश्वस्त नपारेसम्म अगस्ट १५ सम्म त्यसलाई नियन्त्रण मुक्त गरिएको थिएन । पछिल्लो कदमबारे आइतवार प्रतिक्रिया व्यक्त गर्दै संयुक्त राज्य अमेरिकाले उक्त तेल खरिद गर्ने जो कोहीमाथि पनि प्रतिबन्ध लगाउने बताएको छ । ‘राष्ट्रपति ट्रम्पले कुनै किसिमको इरानी तेलमाथिको प्रतिबन्ध नहटाइने बताएकाले हामीले इरानमाथि दबाव जारी राख्नेछौँ,’ अमेरिकी अर्थ मन्त्रालयका एकजना अधिकारी सिगल म्यान्डेल्करले समाचार संस्था रोएटर्सलाई भने ।

यसैबीच इरानले आफ्नो नियन्त्रणमा लिइएको ब्रिटिश झण्डा अङ्कित एउटा ट्याङ्करलाई छाड्ने तयारी भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसावीका अनुसार स्टेना इम्पेरो नामक ट्याङ्करलाई छाड्न अन्तिम कानुनी प्रक्रिया पूरा गरिँदैछ । समुद्री जलक्षेत्रसम्बन्धी कानुन मिचेको भन्दै इरानले त्यसलाई नियन्त्रणमा लिइएको बताउँदै आएको थियो । इरानी ट्याङ्करलाई नियन्त्रणमा लिइएको घटनासँग त्यसको कुनै सम्बन्ध नरहेको उसले बताउने गरेको छ भए पनि त्यसलाई प्रतिशोधको कार्बाही मान्ने गरेका छन् । इरानी ट्याङ्करले चाहिँ १२ लाख ब्यारेल कच्चा तेल बोकेको थियो ।

खासमा ग्रेस वन नामले चिनिने जहाज ब्रिटिश भूभागमा पर्ने जिब्राल्टारको तटदेखि परको क्षेत्रमा नियन्त्रणमा लिइएको थियो । वाशिङ्टन र तेहरानबीचको तनाव बढ्नुमा त्यो पनि एउटा कारण बनेको छ । ब्रिटिश जलसेनाले जहाजलाई नियन्त्रणमा लिन जिब्राल्टारका अधिकारीहरूलाई सघाएको थियो । त्यो कदमले सो विवादमा ब्रिटेनलाई पनि मुछ्यो । गत अगस्टमा अमेरिकाले सो जहाजलाई नियन्त्रणमा लिन आग्रह गरेको थियो, तर जिब्राल्टारका अदालतहरू त्यसलाई अस्वीकार गरेका थिए । अमेरिकी र युरोपेली नेताहरूले इरानसँग फरकफरक व्यवहार गरेका कारण उक्त ट्याङ्करको भविष्य जटिल बन्न पुगेको छ ।

इरानसँगको सन् २०१५ को परमाणु कार्यक्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताबाट गत वर्ष अमेरिका अलग्गियो । त्यसको प्रतिक्रियामा इरानले सम्झौता अन्तर्गतका केही प्रतिबद्धता पूरा गर्न बन्द ग¥यो ।युरोपेली सङ्घले सम्झौताको रक्षा गर्नुपर्ने बताउँदै आएको छ । युरोपेली प्रतिबन्धको उल्लङ्घन गर्दै सिरिया पु¥याउन लागिएको आशङ्कामा इरानी ट्याङ्करलाई नियन्त्रणमा लिइएको थियो । इरानले त्यसलाई सिरिया नपु¥याउने प्रतिबद्धता जनाएपछि जिब्राल्टारले अगस्ट १५ मा नियन्त्रण मुक्त गरेको थियो । जिब्राल्टारले नियन्त्रण मुक्त गरेयता अमेरिका त्यसलाई नियन्त्रणमा लिन प्रयासरत छ ।

उसले पक्राउपुर्जी जारी गर्नुका साथै जहाजलाई कालोसूचीमा राखेको छ । इरानलाई सघाउन खोज्ने जुनसुकै मुलुकमाथि प्रतिबन्ध लगाउने उसले चेतावनी पनि दिएको छ । त्यसयता उक्त जहाज भूमध्यसागरको पूर्वतर्फ हिँडिरहेको छ ।भूउपग्रहबाट प्राप्त तस्बिरहरू शनिवार सार्वजनिक भएसँगै सिरियानजिक उक्त जहाज देखिनुलाई ब्रिटिश विदेश मन्त्रालयले ‘निकै चिन्ताजनक’ भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *