प्लाष्टिक प्रतिबन्ध गर्न मोदीको जोड

डिसी नेपाल
२४ भदौ २०७६ ६:१९

नयाँ दिल्ली, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक पटक मात्रै प्रयोग हुने प्लाष्टिकजन्य सामग्रीहरूलाई प्रतिबन्ध लगाउन जोड दिएका छन्।

भारतमा देशभरी र विश्वभरी नै आगामी दिनमा यस्ता प्लाष्टिकजन्य सामग्रीहरुको प्रतिबन्ध लगाउने व्यवस्था गर्न आवश्यक भएको उनले बताए।

नयाँ दिल्ली नजिकै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जमिनका लागि प्लाष्टिक अत्यन्त घातक चिज भएकोमा जोड दिए।

प्लाष्टिक नियन्त्रणको प्रयास अहिले देखि नै शुरु नगरेमा भविश्यमा यस्ले ठूलो समस्या निम्त्याउने प्रधानमन्त्री मोदीको भनाई थियो।

“प्लाष्टिकको प्रयोग गर्दै फाल्दै गर्नुको अर्थ हाम्रो स्वास्थ्यलाई पनि असर पार्दै जानु हो, एक पटक प्रयोग गर्दै प्लाष्टिक फाल्दै गर्दा हाम्रो स्वास्थ्य, जमिन, कृषिलगायत धेरैतिर असर परेको हुन्छ,” मोदीले भने।

उनले विकास निर्माणका कामहरु गर्दा पनि वातावरणमैत्री गराउनु पर्नेमा जोड दिए। प्रयोग भएका वा प्रयोग गर्नै पर्ने प्लाष्टिकजन्य सामग्रीहरुलाई पनि हानिरहित हुनेगरी व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ।

“प्रधानमन्त्री मोदीले एक पटक प्रयोग गरेर फालिने प्लाष्टिकलाई संसारबाट विदाई गर्ने वेला आइसकेको छ,” उनले भने । रासस÷सिन्ह्वा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *