झुक्किएर बैंक खातामा आएको १ करोड ३७ लाखले दम्पतीलाई आपत

डिसी नेपाल
२४ भदौ २०७६ ११:५६

एजेन्सी । एक अमेरिकी दम्पतीको बैंक खातामा एक्कासी १ लाख २० डलर (१ करोड ३७ लाख नेपाली रुपैयाँ) जम्मा भयो । ठूलो रकम देखेपछि उनीहरुले यो रकम निकाले र विलासी सामान किन्न खर्च गरे । तर, अहिले भने उनीहरु आपतमा परेका छन् ।

सिएनएनको समाचारअनुसार अमेरिकी नागरिक रोबर्ट र टिफनी विलीअम्सको खातामा गत मे ३१ मा बीबी एन्ड टी बैंकबाट झुक्किएर १ लाख २० हजार डलर जम्मा भएको थियो । सित्तैमा त्यति ठूलो रकम आएको देखेपछि विलीअम्स दम्पतीले महँगो गाडी र अन्य विलासी सामग्री किनेर सो रकम खर्चिए । तर पछि बैंकले सम्पर्क गर्न खोज्दा भने उनीहरु सम्पर्कमा आएनन् ।

खातामा आएको रकम आफ्नो नभएको जान्दाजान्दै पनि खर्च गरेकाले उनीहरु आपतमा परेका हुन् । प्रहरीका अनुसार उनीहरूलाई सो रकम चोरी गरेको र चोरीको सामग्री लिएको अभियोग लगाइएको छ । सोही अभियोगमा सोमबार उनीहरूलाई स्थानीय अदालतमा उपस्थित गराइएको थियो र अदालतको आदेशपछि धरौटीमा छुटेका छन् ।

सो रकम त्रुटि भएर उनीहरुको खातामा पुगेको पत्ता लागेपछि बैंकले सम्पर्क गर्दा टिफनीले आफूसँग पैसा बाँकी नभएको र सबै खर्च भइसकेको बताएकी थिइन् । उनका श्रीमान पनि बैंकमा उपस्थित हुन गएनन् । जुन २० मा नै त्रुटि पत्ता लागे पनि त्यति बेलासम्म खाताबाट अधिकांश रकम निकालिसकिएको थियो । अदालतमा मुद्दा खेपिरहेका यी दम्पतीले अब जसरी पनि उक्त रकम फिर्ता गर्नुपर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *