रोजगारीका लागि विदेश जाने सोँचमा थिए उमेश, तर एकाएक चर्चित हाँस्य कलाकार बने
काठमाडौं । ‘फुलन्देको आमा’को नामबाट परिचित छन् उमेश राई।
टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’मा अभिनय शुरु गरेसंगै उनको चर्चा एकाएक चुलियो। महिला पात्र बनेर प्रस्तुत हुने उमेशले छोटो समयमै दर्शकको मन जिते।
तर, तीन वर्षअघिसम्म पनि उनलाई कलाकारितामा यसरी आउँछु भन्ने कल्पना नै थिएन्। ब्याचलर अध्ययन गर्दै गर्दा २०७१ सालमा रोजगारको लागि साउदी अरेबिया पुगेका थिए, उमेश।
त्यहाँ दुई वर्ष ‘स्टोर किपर’ को रूपमा काम गरे। केही पैसा कमाए, २०७३ सालमा नेपाल फर्किए । फेरी रोजगारको लागि अन्य देश जाने योजना बुनेका थिए। तर, त्यसयता उनको जीवनको लय एकाएक फेरियो। परिचय फेरियो । उमेश त चर्चित हाँस्य कलाकार पो बन्न पुगे।
उनले डिसी नेपालसंग भने, ‘साउदीबाट फर्केपछि दुवै, कतार जाने योजना बनाएको थिए। तर, एकाएक कहिल्यै नसोँचेको क्षेत्रसंग जोडिन पुगें।’ अहिले उमेश देश–विदेशका सांगीतिक कार्यक्रम तथा म्यूजिक भिडियोमा खोजिने कलाकारमध्येमा पर्छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment