८१ वर्षका वृद्धको भेष बनाएर अमेरिका जान लागेका ३२ वर्षका युवक विमानस्थलमा पक्राउ

डिसी नेपाल
२४ भदौ २०७६ १६:३४

एजेन्सी। भारतको गुजरातमा बस्ने एक युवकले अमेरिका जानका लागि अपनाएको तरिकाले दिल्ली विमानस्थलका सुरक्षाकर्मीलाई समेत चकित बनायो । शंका लागेपछि सुरक्षाकर्मीहरूले ह्वीलचेयरमा गइरहेका ८१ वर्षका वृद्धलाई रोकेर सोधपुछ गरे ।

उनी ३२ वर्षीय जयेश पटेल हुन् । अहमदाबादमा बस्ने उनी न्युयोर्क गएर जिन्दगी परिवर्तन गर्न चाहन्थे । तर भिजा पाइरहेका थिएनन् । त्यसपछि उनले षड्यन्त्र रचे । उनले वृद्धको गेटअप बनाए । कपाल र दाह्री उनले सेतो रंगले पोते । उनले क्लीयरेन्स पाउनु चाहिँ अचम्मको कुरा भयो ।

तर विमानस्थल सुरक्षामा तैनाथ गरिएका सीआईएसएफ जवानले उनलाई चिनिहाले । सोधपुछ गरेपछि उनी पक्राउ परे । उनी अमरीक सिंह नाम राखेर विदेश जान लागेका थिए । बूढो देखिनका लागि उनले जिरो नम्बरको चश्मा पनि लगाएका थिए । अनि शंका नहोस् भनेर ह्वीलचेयरमा बसेर आएका थिए । उनलाई लामो समयसम्म सोधपुछ गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *