अष्ट्रेलियाको तेक्वान्दो नेसनल च्याम्पियनसिपमा नेपालीलाई रजत

डिसी नेपाल
२५ भदौ २०७६ ९:१९

सिड्नी । अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनसिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ वर्षीय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन्। अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले प्रतिद्वन्दीलाई सजिलै पराजित गरी उक्त सफलता हात पारेका हुन्।

परिवारसँगै अमष्ट्रेलिया मेलबर्नको सेन्ट अल्बान्समा बसोबास गर्दै आएका स्पन्दन सानै उमेरदेखि नै विभिन्न खेलमा रुचि राख्थे । पढाइसंगै तेक्वान्दो खेल रोजेका स्पन्दनले भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भएर उक्त राष्ट्रिय च्याम्पियनशिपमा सहभागी भएका थिए।

पढाईमा पनि अब्बल स्पन्दनले सन् २०१६ देखि नै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा बिजय हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन्। प्रतियोगितामा सहभागी विभिन्न देशहरूमध्ये स्पन्दन एक मात्र नेपाली थिए । उनी सेन्ट अल्बान्समा रहेको तेक्वान्दो प्लस अष्ट्रेलिया क्लबसंग आबद्ध छन्।

उनको बिजयपश्चात क्लबका प्रशिक्षक मार्कोले बधाई दिँदै स्पन्दनले आगामी दिनहरूमा तेक्वान्दोमा अझै धेरै प्रगति गर्न सक्नेमा आफू र क्लब ढुक्क रहेको बताए। मेलबर्न नेप्लिज कम्युनिटि वेस्टका बर्तमान अध्यक्ष स्पन्दनका पिता शंकर थापा र रजिस्ट्रर नर्सको रुपमा कार्यरत माता सुमि श्रेष्ठ छोराको यो जितले निकै गर्वान्वित भएको बताए भने स्पन्दनले आफूलाई यो जितले अझ बढी हौसला मिलेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *