प्रियंका चोपडाले सलमानको भारत छोडेर साइन गरेको ‘द स्काई इज पिंक’ को ट्रेलर सार्वजनिक

डिसी नेपाल
२५ भदौ २०७६ १०:२४

काठमाडौँ । हलिउडमा राम्रो स्थान बनाएकी अभिनेत्री प्रियंका चोपडाको बलिउड फिल्म ‘द स्काई इज पिंक’ को ट्रेलर सार्वजनिक भएको छ । प्रियंकाको करिब ३ बर्षपछि बलिवुडमा पुनरागमन हुन लागेको यस फिल्ममा उनी फरहान अख्तरको अपोजिट देखिएकी छन् ।

यस फिल्ममा प्रियंका, फरहानका अलावा दंगल फेम अभिनेत्री जायरा वसीमको समेत अभिनय रहेको छ । जायराले यस पछि अर्को कुनै बलिवुड फिल्ममा अभिनय नगर्ने घोषणा गरेकी हुनाले सम्भवत उनको यो अन्तिम फिल्म हुने छ ।

आगामी अक्टोबर ११ मा रिलिज हुने यो फिल्मलाई सोनाली बोसले निर्देशन गरेकी छन् । यो फिल्म आयशा चौधरीको जीवनीमा आधारित रहेको छ । जो १३ बर्षको उमेरमा पल्मनरी फाईब्रोसीस रोगबाट ग्रसित भएर पनि एक मोटिभेस्नल स्पिकर बनेकी थिइन् । यहि स्पेतेम्ब्र

१३ मा टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिवलमा यस फिल्मको प्रिमियर समेत रहेको छ । प्रियंकाले सलमान खानसँगको फिल्म भारत छोडेर यो फिल्म साइन गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *