‘चपली हाईट ३’को प्रमुख भूमिकामा स्वस्तिमा, अरु को–को हुनेछन् कलाकार ?

डिसी नेपाल
२५ भदौ २०७६ १०:५६

काठमाडौं। चलचित्र ‘चपली हाईट’को तेस्रो श्रृंखला ‘चपली हाईट ३’ निर्माण हुने भएको छ। मंगलबार राजधानीमा चलचित्र निर्माणको घोषणासंगै फस्र्ट लुक पोष्टर समेत सार्वजनिक गरियो।

अर्जुन कुमार फिल्मस् र के.डि.सी. हस्पिटलको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रलाई निकेश खड्काले निर्देशन गर्नेछन्। चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहनेछ। उनको अपोजिटमा नव–अभिनेता महेश त्रिपाठी प्रस्तुत हुनेछन्।

त्यस्तै सुपुष्पा भट्ट, आमिर गौतम, प्रतिक श्रेष्ठ लगायतको चलचित्रमा मुख्य भूमिका रहनेछ। आकाश बरालको लेखन रहेको चलचित्रमा अर्जुन कुमारको लगानी रहनेछ।

कात्तिकबाट छायाँकनमा जाने चलचित्र यसै वर्षको चैतमा प्रदर्शनमा ल्याउने निर्माण पक्षको योजना छ। चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *