यी अभिनेत्रीले गरिन् ठूलो खुलासा, कलेजको समयमा ड्रग्स दिएर भएको थियो यौन शोषण

डिसी नेपाल
२५ भदौ २०७६ ११:०७

एजेन्सी। विगत केही वर्षयता अभिनेत्रीहरुले यौन शोषणसँग सम्बन्धित धेरै खुलासाहरु गरेका छन् । यस्तैमा यो सूचीमा अर्की अभिनेत्री थपिएकी छिन् । यी अभिनेत्रीले आफ्नो कलेज समयको भयावह घटना सार्वजनिक गर्दै कसरी उनको यौन शोषण गरियो भन्ने बताएकी छिन् ।

हालै एक महिला स्वास्थ्य सम्बन्धी म्यागजिनसँग कुरा गर्दै अभिनेत्री क्यामिला मेन्डेसले आफ्नो निजी जीवनका बारेमा धेरै खुलासा गरेकी छिन् । क्यामिलाले कलेजका पुराना दिन सम्झिँदै भनिन् ‘कलेजमा पहिलो वर्ष निकै कठिन थियो । मैले धेरै नराम्रो अनुभव गरें । एक व्यक्तिले मलाई ड्रग्स दिएर मेरो शारीरिक शोषण गरे । उनले यो घटनाको बारेमा धेरै कुरा गरिनन् । तर, यही घटनापछि उनले आफ्नो पिठ्युँमा ट्याटु बनाएको खुलासा गरिन् । उनको ट्याटुमा ‘टु बिल्ड अ होम’ लेखिएको छ । यो ट्याटुले उनलाई आफूमात्र नभइ आफ्नो आसपासको वातावरण पनि सुरक्षित बनाउनुपर्छ भन्ने कुरा याद दिलाउने उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *