मदनको निर्देशनमा खुमन र शान्तिश्रीको दशैं तिहार गीत ‘आफ्नै गाउँ रमाईलो’ [भिडियो]

डिसी नेपाल
२५ भदौ २०७६ १२:०८

काठमाडौं। तीज सकिएसंगै कलाकारहरु दशैं तिहार गीतको तयारीमा लागेका छन्।

यसैक्रममा लोकदोहोरी गायक खुमन अधिकारी र शान्तिश्री परियारको स्वरमा ‘आफ्नै गाउँ रमाईलो’ बोलको दशैं तिहार गीत सार्वजनिक गरिएको छ। गीतमा विष्णु न्यौपानेको शब्द, खुमन अधिकारीको लय छ।

शिवदर्शन फिल्मस् प्रा.लि.को प्रस्तुतिमा गायत्री थापाले गीतको निर्माण गरेकी हुन्। दशैं तिहारमा हरेकलाई आफनै गाउँघर रमाईलो हुने भावमा गीत तयार गरिएको छ। मौलिक शब्दहरु रहेको गीतको भिडियो पनि आकर्षण बनेको छ। मदन खड्काले भिडियोको निर्देशन गरेका हुन्। भिडियोमा उनको निर्देशकीय क्षमता राम्रैसंग देखिएको छ।

महेन्द्र गौतम र रञ्जिता गुरुङ्गले गीतको भिडियोमा अभिनय गरेका छन्। बिरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई प्रविण रेश्मीमगरले सम्पादन गरेका हुन्।

भिडियो :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *