‘साहो’को कमाइले चार सय करोड नाघ्यो

डिसी नेपाल
२५ भदौ २०७६ १२:०२

काठमाडौं। प्रभास तथा श्रद्धा कपुर स्टारर ‘साहो’को विश्वव्यापी कमाइ चार सय करोड भारू बढी भएको छ। सिनेमाका निर्माताले सोमबार ट्विट गर्दै सिनेमाले सो कमाइ गरेको जानकारी दिएका हुन्।

‘के तपाईं यो भन्दा बढी कल्पना गर्नसक्नुहुन्छ? साहोले विश्वव्यापीरूपमा चार सय करोड बढीको आँकडा पार गरेको छ’, सिनेमाको आधिकारिक ट्वीटर ह्यान्डलमा कमाइ सार्वजनिक गर्दै ट्वीट गरिएको छ।

तेलेगु, हिन्दी तथा तमिल भाषामा एकसाथ सुटिङ गरिएको सिनेमा करिब ३ सय ५० करोड बारूको लागातमा तयार भएको सिनेमा हो। सिनेमामा प्रभास र श्रद्धाका अलावा नील नितन मुकेश तथा ज्याकी श्राफ मुख्य भूमिकामा रहेका छन्। बलिउड सिनेमाको हिन्दी संस्करणले मात्र करिब एक सय ३० करोड भारू बढीको कमाइ गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *