रानु मन्डलको पहिलो गीतको ‘टिजर’ सार्वजनिक, पूरा गीत भोलि आउने
काठमाडौं। गायक तथा संगीतकार हिमेश रेशमियाले रानु मन्डलको पहिलो गीतको ‘टिजर’ सार्वजनिक गरेका छन्। ‘तेरी मेरी कहानी’ बोलका यो गीतमा रानु र हिमेश दुवैको स्वर छ। यो गीत हिमेशको नयाँ फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’को हो। हिन्दुस्तान टाइम्सका अनुसार यसको म्यूजिक भिडियो बिहीबार सार्वजनिक गरिने भएको छ।
रेलवे स्टेशनमा गाउँदै भिख मागेर जीविका चलाइरहेकी रानुको बलिउडमा यो पहिलो व्यवसायिक गीत हो। हिमेशले ट्विटरमा टिजर सार्वजनिक गरेलगत्तै धेरै प्रतिक्रिया आइरहेका छन्। रानुको स्वरको धेरैले प्रशंसा गरेका छन्। टिजरमा प्रशंसकले लेखेका छन्– अहिलेसम्म सबभन्दा धेरैपटक सुनेको हरफ हो, तेरी मेरी कहानी। अर्काले लेखेका छन्– भोलि (बिहीबार) को व्यग्र प्रतीक्षामा। म एकदमै उत्साहित छु। यो गीत उत्कृष्ट हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment