जिग्री–पाँडे टिमको नयाँ टेलिसिरियलको नाम ‘सक्किगोनि’
काठमाडौं। हाँस्य टेलिसिरियल ‘भद्रगोल’बाट बाहिरिएको अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री)को टिमले ‘सक्किगोनि’ नामको नयाँ सिरियल प्रशारणमा ल्याउने भएको छ।
‘भद्रगोल’ उत्पादक संस्था मिडियाहबसंग कपिराइट र पारिश्रमिक विवाद बढेपछि जिग्री–पाँडेसहितको २१ जनाको टिम सिरियलबाट बाहिरएको थियो।
त्यहि टिमले आउँदो असोज २ गते बिहीबारबाट नयाँ सिरियल प्रशारणमा ल्याउन लागेको हो।
बुधबार राजधानीमा जिग्री–पाँडेको टिमले प्रोमो सार्वजनिक गर्दै सिरियल ‘सक्किगोनि’को घोषणा गरेको हो।

‘सक्किगोनि’ भद्रगोलमा ‘जिग्री’ले बोल्ने थेगो हो । जुन दर्शकमाझ लोकप्रिय छ।
नयाँ सिरियललाई पनि अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)ले नै लेखन तथा निर्देशन गर्नेछन्। उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी (जिग्री–पाँडे टिम)क्रियसन मार्फत यसको निर्माण हुनेछ।
टेलिसिरियल नेपाल टेलिभिजनमै बिहीबार राति ८ः५० बजे प्रशारणमा आउनेछन् भने ओएसआर डिजिटलको युट्युबमा सिरियल हेर्न सकिनेछ। घोषणा कार्यक्रममा कलाकारहरुले दर्शकले आफूहरुप्रति देखाएको विश्वासलाई निराश नबनाउने बताए।
‘सक्किगोनि’मा ‘भद्रगोल’मा देखिँदै आएका अधिकांश कलाकार हुनेछन्। जिग्री– पाँडेसहित सागर लम्साल (बले), हरी निरौला (कक्रोच), मधुसुधन पाठक (सितेबा), रक्षा श्रेष्ठ, कमलमणि नेपाल (खुपीका बाउ), दीपक आचार्य, गोविन्द कोइराला, प्रियाना आचार्य (मुन्नी), सुबोध गौतम जस्ता चर्चित्र पात्रहरुको यसमा अभिनय रहनेछ।
त्यस्तै शुरुवाती दिनमा देखिएका निर्देशक शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’ पनि यो नयाँ सिरियलमा देखिने भएका छन्।
यता पुरानो टिम बाहिरएसंगै नयाँ टिमले ‘भद्रगोल’ प्रशारणमा ल्याएको छ। तर, नयाँ ‘भद्रगोल’लाई दर्शकले नकारात्मक प्रतिक्रिया दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment