मुम्बइ पुलिसको प्रियंका चोपडालाई चेतावनी –‘७ वर्षको जेल सजाय हुन सक्छ’

डिसी नेपाल
२५ भदौ २०७६ १५:५९

एजेन्सी। सोनाली बोसको फिल्म ‘द स्काइ इज पिंक’को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलरलाई धेरै मन पराइएको छ । फिल्ममा प्रियंका चोपडा, फरहान अख्तर र जायरा वसीम मुख्य भूमिकामा छन् । फिल्ममा जायरा वसिम (आयशा)लाई निकै गम्भीर रोग भएको देखाइएको छ । ट्रेलरका डाइलग पनि चर्चामा छन् ।

यही बीचमा फिल्मको ट्रेलरलाई लिएर मुम्बइ पुलिसले एक चेतावनी जारी गरेको छ । महाराष्ट्र पुलिले ट्वीट गर्दै लेखेको छ ‘आइपिसी सेक्सन ३९३ अन्तर्गत ७ वर्षको जेल सजाय र जरिवाना हुन सक्छ ।’ महाराष्ट्र पुलिसले ट्वीटरमा यो सन्देशसँगै शेयर गरेको फोटोमा प्रियंका चोपडाले भनिरहेकी छिन् ‘एकपटक आयशा ठिक होउन् त्यसपछि साथमा बैंक लुट्नेछौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *