ल आउ साथी राष्ट्रिय गानको चर्चा गरौँ

डिसी नेपाल
२६ भदौ २०७६ ९:५०

वेदमा राष्ट्रभक्ति छ, पुराणमा राष्ट्रस्तुति छ। महाभारत र रामायणका कथा र गाथाहरु राष्ट्रियताका नमूना हुन्। मानव हौँ — समाजमा बस्न सिकेका छौँ त्यसैले राष्ट्रको आवश्यकता परेको हो। रावण पनि थिए राम पनि थिए। कृष्ण पनि थिए र कंस पनि। मानवसमाजमा सबै राम र कृष्ण हुन सकेका भए, सबै बुद्ध, ज्ञानी र महात्मा हुन सकेका भए राष्ट्रका सिमानाको कुनै आवश्यकता नै थिएन।

एउटा निश्चित भूगोलभित्र बस्ने मानवहरुको आफ्नो धर्म, संस्कृति र सभ्यताको विकास भएको हुन्छ। त्यही आधारमा त्यहाँको पहिचान बनेको हुन्छ। त्यही पहिचानलाई उजागर गर्नका लागि राष्ट्रका विभिन्न परिचायक प्रतिविम्बहरु निर्धारण गरिएको हुन्छ। त्यही परिचय बोल्ने प्रमुख माध्यम हो – राष्ट्रिय गीत पनि।

एउटा निश्चित भूगोलभित्र बस्ने मानवहरुको आफ्नो धर्म, संस्कृति र सभ्यताको विकास भएको हुन्छ। त्यही आधारमा त्यहाँको पहिचान बनेको हुन्छ। त्यही पहिचानलाई उजागर गर्नका लागि राष्ट्रका विभिन्न परिचायक प्रतिविम्बहरु निर्धारण गरिएको हुन्छ। त्यही परिचय बोल्ने प्रमुख माध्यम हो – राष्ट्रिय गीत पनि।

विश्वको इतिहासमा सदियौँदेखिको जिउँदो राष्ट्र हो हाम्रो देश – नेपाल । भगवान पशुपतिनाथको यस पावनभूमिको आफ्नै गौरव गाथा छ। यहाँका मठ–मन्दिर, चैत्य–गुम्बा आदिले यो देशलाई देवभूमि बनाएका छन्। यहाँका पहाड र हिमाल अनि नदी किनारामा गरिने तप, ध्यान, साधना आदिले यो देशलाई देवत्वमा पुग्ने तपोभूमिको रूपमा स्थापित गरेको छ। यहाँ अनेकौँ ऋषिमुनि, सन्तमहात्माहरू जीवनको पाठ पढाउँदै हिँड्छन्; शान्तिका मन्त्र गुन्जाउँदै हिँड्छन्। यही हो नेपाल, यही हो प्रकृतिको दिव्य भूमि नेपाल।

अनि यही भूमिमा गुञ्जिन्छ — “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली …… ” ।

लेखक

आन्तरिक द्वन्द्वमा होओस् वा बाह्यपक्षसँगको द्वन्द्वमा – शान्ति र स्थिरताका लागि हामी नेपालीले भगवान पशुपतिनाथलाई पुकार्दछौँ । सातसय वर्षअघि काठमाडौँ आएर समसुद्धिन तुगलकले यहाँका देवस्थलहरु ध्वस्त गरिरहँदा पनि हामी विचलित भएका थिएनौँ । अंग्रेजसँगको युद्धमा पनि हामी विचलित नभईकन डटेका थियौँ । हामीले आफ्नो रगत बगायौँ, जीवन गुमायौँ तर स्वतन्त्रता र स्वाभिमानलाई कायम राखेका छौँ ।

भगवान पशुपतिनाथलाई हामीले सदियौँदेखि नै राष्ट्रदेवको रुपमा पुकार्दछौँ । वाग्मती नदी किनारमा अवस्थित भगवान पशुपतिनाथलाई नै केन्द्रमा राखेर हाम्रो सभ्यता र संस्कृतिको विकास भएको छ । यही समग्र सभ्यताको नाम नै नेपाल हो ।

विश्वमा जबसम्म राष्ट्र–राष्ट्रबीचका सिमाना रहिरहन्छन् तबसम्म नेपालभरी यत्रतत्र सबैतिर गुञ्जिनुपर्दछ – सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली, प्रकृतिका कोटी कोटी सम्पदाको आँचल ……।

पशुपति क्षेत्र विकास काेषका सदस्य  सचिव डा. प्रदीप ढकालकाे फेसबुकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *