शेर्पा किदुग अमेरिकाको वार्षिक खेलकूद प्रतियोगिता सम्पन्न

डिसी नेपाल
२७ भदौ २०७६ ०:२३

अमेरिका । अमेरिकाको सबैभन्दा ठूलो र प्रतिष्ठित नेपाली संस्था युनाइटेड शेर्पा एसोसिएशनको २३ औं ग्रीष्मकालीन खेलकूद प्रतियोगिता भव्यताका साथ सम्पन भएको छ।

यसै अगस्त ३१ का दिन न्यूयोर्क सिटीका काउन्सिल् मेम्बर कोस्टा कोस्टन्टिनिदेसको प्रमुख आतिथ्यमा उदघाटन सम्पन्न भएको उक्त कार्यक्रम सेप्टेम्बर १ का दिन महा वाणिज्यदूत पुष्पराज भट्टराईबाट शील्ड र प्रमाणपत्र वितरण गरी समापन भएको थियो।

उद्घाटन समारोहमा बोल्दै काउन्सिल मेम्बर कोस्टा कोस्टन्टिनिदेसले शेर्पा किदुगले आफ्नो मौलिक संस्कृति संरक्षणका साथमा थुप्रै खाले खेलकूद अनि शेर्पा भाषा, नेपाली भाषा, मौलिक नाचगानका कक्षाहरु एकै संचालन गरेर न्यूयोर्क शहरमा एउटा नमूना संस्था बनेको भनी प्रसंसा गरे।

काउन्सिल् मेम्बरले समाज सेवामा विशिष्ट योगदान पुर्याउने शेर्पा किदुगका पदाधिकारीहरुलाई सिटी काउन्सिलका तर्फबाट कदर पत्र समेत प्रदान गरेका थिए। शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले काउन्सिल् मेम्बरलाई मायाको चिनो स्वरुप बुद्ध स्तुप प्रदान गरेका थिए।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एवं महावाणिज्यदूत पुष्पराज भट्टराईले खेलकूदलगायत विभिन्न कार्यक्रमहरु आयोजना गरी शेर्पा किदुगले नेपाली डायस्पोरामा एकता र सदभाव बढाउन अग्रणी भूमिका निर्वाह गरिरहेको बताए।

कडा प्रतिस्पर्धाको बिचमा यस वर्षको भलिबल उपाधि सिन्धु समाजले हात परेका थिए भने तमु समाज न्युयोर्क दोस्रा भए। उता फुटबलतर्फ एनवाईएनएफसिले प्रथम पुरस्कार जिते भने युनाइटेड शेर्पा फुटबल क्लबले दोस्रो स्थान ओगट्न सफल भए।

फुटबलकै ३५ भन्दा माथिका उमेर समुहको प्रथम पुरस्कार एनवाईजिएफसि (गुरुङ समाज) ले हात पारे भने दोस्रो पुरस्कार ग्याल्सुम्दा सेवा संस्थाको पोल्टामा गयो।

फुटबलको फेयर प्ले अवार्ड एनवाईजिएफसीले प्राप्त गरे भने ३५ वर्ष माथिको समुहको फेयर प्ले तामाङ् अवार्ड सोसाइटीले उचाले।

विजयी खेलाडीहरुलाई महावाणिज्यदूत पुष्पराज भट्टराई, अध्यक्ष उर्गेन शेर्पा, किदुगका ट्रस्टी संयोजक पेम्बा ग्याल्जेन शेर्पा, उपाध्यक्ष तथा खेलकूद संयोजक फुर्वा शेर्पा र युनाइटेड शेर्पा फुटबल क्लबका जेनेरल म्यानेजर छिरिङ् ग्याल्जेनले शिल्ड, प्रमाणपत्र, ट्रफी र मेडल वितरण गरेका थिए।

न्युयोर्क शहरको दुईवटा बेग्ला बेग्लै पार्कमा एकै साथ शुरु भएको प्रतियोगितामा फुटबल, भलिबल, १०० मिटर दौड, छेलो ९ क्जयत उगत० पुरुष टग् अफ वार, महिला टग् अफ वार, स्पून रेस, स्याक् रेस, म्युजिकल चेयर लगायत थुप्रै खेलहरु खेलाईएको थियो।

खेलाडीहरुको अत्यधिक चापका कारण बास्केटबल खेल दुई महिना पछि सारिएको छ भने गल्फ प्रतियोगिता एक महिना अघि नै सम्पन भएको खेलकूद संयोजक फुर्बा शेर्पाले बताए।

घर घरबाट बनाएर ल्याईएका मिठामिठा पटलक परिकारहरुले सत्कार गर्ने परम्परा यो कार्यक्रमको बिशेष आकर्षण हो। बिहानै ब्रेकफास्ट दिउँसो लन्च र दिन भरी प्रशस्त मात्रामा चिया, पानी, जुस्, फलफूल र स्वदिलो चटनीसँग पोलेको आलुको व्यवस्था गरिएको थियो।

दुई हजार भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो। किदुगका महासचिब कर्म लामाले सञ्चालन गरेको समापन समारोहमा उपाध्यक्ष फुर्वा शेर्पाले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका अध्यक्ष उर्गेन शेर्पाले धन्यवाद ज्ञापन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *