फष्टलुकमा यस्तो देखियो फिल्म ‘सम्हाली राख है’
काठमाडौं । फिल्म ‘सम्हाली राख है’को फष्टलुक सार्वजनिक भएको छ।
फिल्मको प्रचारका लागि तयार पारेको एक पोष्टर निर्माण युनिटले फष्टलुकको रुपमा ल्याएको हो। फष्टलुक हेर्दा फिल्ममा र रोमान्सले भरिपुर्ण रहेको अनुमान गर्न सकिन्छ ।फष्टलुकसँगै फिल्मको आधिकारीक प्रचार समेत सुरु भएको निर्माण जुनिटले जनाएको छ।
तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन्। श्यामकृष्ण महर्जन सह-निर्माता रहेको फिल्ममा आरएल मोक्तानको निर्देशन रहेको छ।
अर्जुन कुवँर, सीतल केसी, राजेन्द्र गोपाली, आरोह बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको फिल्ममा बिक्रम कार्कीको कथा, ग्रीस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ।
शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन्। सम्पादन सकेर हाल धमाधम डबिङ भइरहेको फिल्ममा दशै र तिहारको बिच पारेर रिलिज गर्ने योजनामा निर्माण युनिटको रहेको छ।
निर्देशक आर एल मोक्तानकै पठकथा सम्वाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन्। काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन्। फिल्म सबै नेपालीले एकपटक हेर्नुपर्ने बनेको निर्देशक मोक्तानले बताए।
युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवारले समसामहिक बिषयबस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ निर्माण भएको फिल्म कसैले उपहार दिन्छ भने त्यो सम्हालेर राख्नु पर्ने सन्देश समेत दिने निर्माता हरिकृष्ण महर्जनले बताए।
‘नेपाली फिल्ममा अर्गानिक कथाको माग हुँदै आएको छ’ निर्माता महर्जनले भने ‘आफ्नै कथामा दर्शकका लागि राम्रो फिल्म दिन ‘सम्हाली राख है’ बनेको हो।’ फिल्मले दर्शक निरास नपार्ने महर्जनले दाबी गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment