समुद्र मन्थनबाट निस्किएको अमृत कलश आज पनि मुस्लिम देशमा छ
काठमाडौं। हिन्दु पुराणमा समुद्र मन्थनलाई लिएर कयौं प्रसंग छन्। त्यही प्रसंगमध्ये एक हो समुद्र मन्थनबाट निस्एिको अमृत कलश। कयौं मानिस यसलाई काल्पनिक मान्छन्। तर केही विद्वानका अनुसार मुस्लिम मुलुक इण्डोनेशियामा आज पनि त्यो अमृत कलश छ। त्यो कशलमा अमृत जस्तो एक द्रव्य पनि छ।
इण्डोनेशियाको मध्य र पूर्वी जावा प्रान्तको सीमामा माउँ लावू नाम गरेको एउटा ठाउँ छ। त्यहाँ कण्डी सुकुह नाम गरेको एउटा मन्दिर पनि छ। माउन्ट लावू पर्वतमा अवस्थिति यो मन्दिर करिव २९९० फिट अग्लो छ।
विद्वानहरुका अनुसार मन्दिर भित्र एउटा कलश छ। जसलाई समुद्र मन्थनबाट निकालिएको अमृत कलश भएको विश्वास गरिन्छ। २०१६ मा इण्डोनेशियाको पुरातत्व विभागका तर्फबाट मन्दिर मर्मत गर्दा मन्दिरको गारोको तल एउटा तामाको कलश फेला परेको थियो। जसको माथि एउटा पारदर्शी शिवलिंग स्थापित थियो भने कलश द्रव्यले भरिएको थियो।
जानकारहरुका अनुसार यो कलश १००० इसा पूर्वको हो, जबकि मन्दिरको निर्माण १४३७ इसा पूर्वको आसपासमा भएको थियो। यो तामाको कलश हो। यो कलशको विशेषता भनेको यसलाई यसरी जोडिएको छ की कसैले पनि खोल्न सकेको छैनन्। जहाँबाट कलश प्राप्त भयो त्यहाँ समुद्र मन्थनको नक्शा थियो र महाभारतको आदिपर्वको वर्णन गरिएको थियो। कलशमा रहेका द्रव्य हजारौं वर्ष पहिलाका भएको अनुमान गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment