खुमन अधिकारीको स्मरण : एकैदिन १० गीत रेकर्ड गराउँदाको त्यो क्षण
काठमाडौं । लोकदोहोरी क्षेत्रका चम्किलो तारा हुन् खुमन अधिकारी। २०६३ सालदेखि सांगीतिक यात्रा शुरु गरेका उनले हालसम्म ८ हजार ५ सय बढी गीतमा आफ्नो स्वरको जादू छरिसकेका छन्।
खुमनको स्वरको जादूको कुरा गर्दा एउटा गीत गाउन स्टुडियो छिर्ने उनले तीनवटा गीत गाएर फर्किए। दिनमै १० वटासम्म गीत रेकर्ड गराए।
सम्झन्छन्, – ‘पहिलो गीत ‘ईश्वर पनि देव्रे परेछन्’ गाउन स्टुडियो छिरेँ। गीत गाए। त्यो स्टुडियो बाहिर अन्य कोही गायकलाई पर्खेर बस्नुभएकाले पनि मेरो स्वर सुनेर आफ्नो गीत गाइदिनुपर्यो भन्नुभयो।’
खुमनले २०६६ सालतिर एकैदिन १० वटासम्म गीत रेकर्ड गराएका छन्। ती गीतको रेकर्डिङबारे भन्छन् –‘काठमाडौं डिजिटल रेकर्डिङ स्टुडियोमा २ वटा, प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा ३ वटा, त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा २ वटा, परिवेश डिजिटल रेकर्डिङ स्टुडियोमा २ वटा र पुतलीसडकमा रहेको नयाँ रेकर्डिङ स्टुडियोमा १ वटा गीत रेकर्ड गराएको थियो।’
एकैदिन त्यति धेरै गीत गाउँदा कस्तो भयो? उनी भन्छन् ‘त्यो दिन त गाउन समस्या भएन, राम्रैसंग गाएँ तर भोलिपल्ट गाह्रो भएर कुनै गीत रेकर्डिङ गरिनँ ।’
‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘पानी कुवाको’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘अल्लारे ठिटो’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउला भोटो’, ‘कपाल कोर्ने काइँयो’, ‘स्याङ्जालीलाई नभन जाली’, तीज गीत ‘अब त मैले नि झुम्का लगाउँछु’ लगायतका गीत खुमनका चर्चित गीत हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment