अमेरिकाको न्युयोर्कमा वसन्त चौधरीको विश्व काव्य यात्रा, दोश्रो शृंखला सम्पन्न

डिसी नेपाल
२९ भदौ २०७६ १३:३९

अमेरिका । अमेरिकाको न्युयोर्क स्थित ज्याक्सन हाइट्सको बेलेजिल्लो हलमा प्रतिष्ठित चौधरी घरानाका व्यापारी तथा साहित्यकार वसन्त चौधरीको विश्व काव्य यात्रा, दोश्रो शृंखला अन्तर्गत न्युयोर्क श्रृङखला एक भब्य समारोहबीच समापन भएको छ। अनेसास न्यूयोर्क च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रम अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा न्युयोर्क स्टेट सिनेटर जोन सी लिउ, कार्यक्रमका मुख्य आकर्षक बसन्त चौधरी र अनेसास बोर्ड अफ ट्रस्टिजका अध्यक्ष गीता खत्रीको उपस्थिती रहेको थियो। कार्यक्रम विशेष अतिथि र कार्यक्रमका प्रमुख आकर्षण कवि वसन्त चौधरीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

कार्यक्रमको शुरुवातमै लोकप्रिय कलाकारद्वय सपना श्री र संगीता छोचुंले नेपाली राष्ट्रिय गान तथा बाल कलाकार अर्मानी महर्जनले अमेरिकन राष्ट्रिय गान गाएपछि कार्यक्रम औपचारिक रुपमा सुरु भएको थियो । कार्यक्रममा सभापति राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्दै सेप्टेम्बर ११ को दिन अमेरिका र विश्वका निम्ति कालो दिन भएको भन्दै केहि क्षण मौन धारण गर्न आह्वान गरेका थिए।

कार्यक्रममा प्रख्यात उद्योगपति तथा समाजसेवी बसन्त चौधरीले लगभग एक घण्टा एकल कविता वाचन शैलीमा आफ्ना पुर्व प्रकाशित र प्रकाशोन्मुख कविता, गीत, गजल तथा मुक्तक बाचन गरेर सबैको मन जितेका थिए। नेपाली भाषा मात्र नभएर चौधरीले हिन्दी तथा अंग्रेजी कविता तथा गीतहरु मार्फत उपस्थित विदेशी अतिथिहरुलाई पनि उत्तिकै हर्षित बनाएका थिए ।

नेपाली, विदेशी भाषा साहित्य प्रेमी दर्शकहरुले हल खचाखच भरिएको कार्यक्रममा मिठो स्वरका धनी चौधरीसंगै दर्शकहरुले पनि गजल गाएर झुमेका थिए। कार्यक्रममा साहित्यकार चौधरीको नयाँ कविता संग्रह बसन्तको पनि लोकार्पणपनि गरिएको थियो। सो पुस्तक नेपाली भाषामा मात्र नभएर हिन्दी, मैथली, मारवाडी, नेपालभाषा, बंगाली, अंग्रेजी गरी ९ भाषामा प्रकाशित छ । कार्यक्रमकै अवसरमा न्युयोर्कवासी नेपालीहरुले चौधरीाई अभिनन्दन पनि गरेका छन् ।

प्रमुख अतिथि जोन सी लिउ र बिशेष अतिथि गीता खत्रीले अभिनन्दन पत्र र सभापति राजेन्द्र श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सोहि अवसरमा न्युयोर्क सिटीको तर्फबाट बसन्त चौधरीले नेपाली साहित्य र काब्य जगतलाई विश्व काब्य शृंखला मार्फत संसार भरी नेपाललाई चिनाउनुका साथै नेपाली कला साहित्यमा पुर्याएको योगदानको कदर गर्दै प्रमुख अतिथि जोन सी लिउले साऎटेसन प्रदान गरका थिए भने चौधरीले कार्यक्रमका प्रमुख अतिथि र अनेसास न्युयोर्क च्याप्टरलाई मायाको चिनो प्रदान थिए ।

लेखक स्वयमले आफ्नो नयाँ कृति बसन्तका नौवटै भाषाका किताबहरु अनेसास न्युयोर्क च्याप्टरलाई प्रदान गरेका थिए। उक्त कार्यक्रममा लेखक चौधरीले अनेसास न्यु योर्क च्याप्टरलाई बिशेष धन्यबाद दिंदै यस काब्य यात्रामा सहयोग गर्ने सबै र उपस्थित श्रोता तथा सहभागी साहित्य प्रेमीहरुलाई धन्यबाद दिएका थिए ।

विशेष अतिथि गीता खत्रीले बसन्त चौधरीलाई बधाई दिँदै विश्व काब्य यात्राको अन्तिम शृंखला पनि न्युयोर्क मै गर्ने घोषणा गरेकी छिन् । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति राजेन्द्र श्रेष्ठ र समाज सेवी सोमनाथ घिमिरेले उपस्थित सबैलाई धन्यबाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रमको उद्घोषण अनेसास न्युयोर्क च्याप्टरका उपाध्यक्ष शकुन ज्ञवालीले गरेका थिए । कार्यक्रमलाई रौनक र ऐतिहासिक बनाउन गिरीजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाका सभापति सोमनाथ घिमीरेले सेनेटर जन सि लियु, न्युर्योक सिटी मेयर अफिसका सिनियर लियाजन अफिसर रोहन नरिन र १८ देशका विभिन्न कम्युनिटी लिडरहरुलाई उपस्थित गराई सहयोग गरेको भन्दै आभार व्यक्त गरेका थिए ।

(तस्बिर : हाम्रो फोटो डट कम र सोमनाथ घिमिरे)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *