बुर्का लगाएर युवतीको भेषमा घुमिरहेका युवकलाई पुलिसले समातेपछि…

डिसी नेपाल
२९ भदौ २०७६ १४:२४

काठमाडौं। भनिन्छ युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ । यस्तै एउटा घटना पछिल्लो समय पनि भएको छ । भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एक युवकले आफ्नी प्रेमिकासँग भेट्नको लागि बुर्का लगाएर महिलाको हुलिया बनाए र प्रेमिकासँग भेट्न निस्किए । तर ती युवकको प्रेमिकासँग भेट्ने इच्छा पूरा भएन किनकि बीचमा पुलि आएर उनको प्रेमको रफ्तारमा ब्रेक लगाइदियो ।

खासमा संदिग्ध गतिविधिको शंकामा पुलिले एक यस्ता युवकलाई समात्यो जो बुर्का लगाएर हिँडेका थिए । पुलिसले जब यसको कारण सोध्यो युवकले आफ्नो पूरै प्रेम कहानी पुलिसको अगाडि बयान गरिदिए । युवकका अनुसार उनले आफ्नी प्रेमिकाका परिवारले उनलाई नचिनुन् भन्नका लागि उनले बुर्का लगाएका थिए । युवकले बुर्का लगाएको देखेर त्यहाँ आवतजावत गर्ने मानिसहरुको भीड जम्मा भयो र उनीहरु युवकको फोटो खिच्न थाले । पुलिसले घटनास्थलमै युवकका परिवारलाई बोलाएर फेरि यस्तो नगर्न भन्दै परिवारको जिम्मा लगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *