एनआरएनएका सदस्यलाई १/१ विदेशी नेपाल पठाउन मन्त्री भट्टराईको आग्रह

डिसी नेपाल
२९ भदौ २०७६ १९:१०

काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन गैर आवासीय नेपाली संघमा आवद्ध सबै नागरिकलाई एक जना विदेशी साथीलाई नेपाल पठाउन आह्वान गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन गैर आवासीय नेपाली संघमा आवद्ध सबै नागरिकलाई एक जना विदेशी साथीलाई नेपाल पठाउन आह्वान गरेका हुन्।

उनले सो भ्रमण वर्षलाई सफल बनाउन पर्यटन दुतहरुलाई नियुक्त गरेर अघि बढने कार्य योजना पनि सार्वजनिक गरे।

आईतबार सो भ्रमण वर्षलाई सफल बनाउन सरोकारवाला निकायहरुसँगको छलफलमा मन्त्री भट्टराईले सन् २०२० को जनवरीको पहिलो हप्ता सातै वटै प्रदेशबाट एक साथ सो भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरिएको पनि बताए।

मन्त्री भट्टराईले सो भ्रमण वर्षलाई सफल बनाउन एक महिना भित्र त्यसको वेबसाईट तयार गरी संचालन गर्ने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *