यमनमा नराम्रोसँग फस्यो साउदी अरब

रियाद (बीबीसी)। साउदी अरबका दुई तेल संयन्त्रमा शनिबार भएका आक्रमणपछि पूरा क्षेत्रमा तनावको अवस्था बनेको छ। आक्रमणको जिम्मेवारी हुती विद्रोहीहरुले दिएका छन्। तर, अमेरिकाले यसका लागि ईरानलाई जिम्मेवार भनेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले हुती विद्रोहीको दावीलाई खारेज गरे जमिा साउदी तेल कम्पनी अरामका संयन्त्रलाई निशाना बनाइएको थियो।

साउदी अरबका ऊर्जामन्त्रीका अनुसार यो आक्रमणका कारण कच्च तेलको उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कटौती भएको छ। विश्लेषकहरुले संसारभर यसले गर्दा तेलको मुल्यमा असर पर्ने धारणा राखेका छन्।

ड्रोनका माध्यमबाट अबकीक र खुरैसका तेल संयन्त्रलाई निशाना बनाइएको थियो । पोम्पियोले आक्रमणका लागि सिधै ईरानलाई जिम्मेवार भन्दै ट्वीटरमा लेखेका छन् ‘यसको कुनै प्रमाण छैनकी ड्रोन यमनबाट आएका थिए ।’

साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले विगत ४ वर्षदेखि यमनका हुती विद्रोहीविरुद्ध युद्ध गरिरहेको छ। साउदी अरबले लगातार ईरानमाथि हुती विद्रोहीलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । तर, ईरानले यस्ता आरोप खारेज गर्दै आइरहेको छ।

पोम्पिायको पछिल्ला दावी पनि ईरानले खारेज गरिदिएको छ। समाचार एजेन्सी एएफपीका अनुसार ईरानको विदेशमन्त्रालयले अमेरिकाले लगाएका आरोपको खण्डन गरेको छ। ईरानी विदेशमन्त्रालयका प्रवक्ता सैय्यद अब्बास मुसावीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस किसिमका आरोप बिना आधारका र बिनाअर्थका छन्।’ उनले यस्ता आरोप लगाएर भविष्यमा ईरानविरुद्ध युद्ध गर्ने आधार तयार बनाइएको बताएका छन्। वर्तमान अवस्थामा अमेरिका र ईरानबीच सम्बन्धमा तिक्तता बढेको छ। उता मध्य पूर्वमा साउदी अरव अमेकिाको निकट सहयोगी हो।

अमेरिका–साउदी दाबीमा कति सत्यता?

साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार क्राउन प्रिन्स मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग टेलिफोनमा कुरा कुरा गरेका छन्। र उनले आफ्नो सरकार ‘यो आतंकवादी आक्रमणसँग जुध्न सक्षम र इच्छुक रहेको’ बताएका छन्।

खाडी देशहरुको कूटनीतिक हलचलमा ध्यान दिने केही विशेषज्ञहरुले यस क्षेत्रमा ईरानको दबदबा साउदीलाई कहिल्यै पनि मन नपरेको दावी गरेका छन्। उनीहरु हुती विद्रोहीहरुलाई ईरानले सहयोग गरेको साउदीको आरोपबारे पनि प्रश्न उठाउँछन्।

भारतको दिल्लीस्थित जवाहर लाल नेहरु विश्वविद्यालयका प्रोफेसर एके पाशाले धेरै आरोप लगाए पनि साउदी अरबले हुती विद्रोहीलाई इरानबाट सहयोग भएको प्रमाण दिन नसकेको दावी गरे। उनी भन्छन्, ‘ईरान हुती विद्रोहीलाई समर्थन गर्छ, यो कुरा प्रोपोगाण्डामात्र हो। हालसम्म त्यहाँ एकजना पनि ईरानी सैनिक पक्राउ परेका छैनन् र ईरानी हतियार पनि फेला परेको छैन। साउदी अरबको अनुमति बिना एक पनि जहाज त्यहाँ जान सक्दैन ।

सबैतर्फ नाकाबन्दी छ । विमानस्थलमा पनि उनीहरुकै नियन्त्रण छ । अनि ईरानले कसरी उसको मद्दत गर्न सक्छ। यमनका पूर्व राष्ट्रपति अली सालेहले जो हतियार रुस र चीनबाट प्राप्त गरेका थिए, ती हतियार अब हुतीको हातमा छन्। उनीहरुले सोही हतियारको उपयोग गरिरहेका छन्।’

इरानको दबदबाबाट तनाव

यस्तै मध्यपूर्वबारे जानकार कमर आगाले ईरानको यो क्षेत्रमा धेरै देशहरुमा प्रभाव रहेको दावी गरे। र रुस जस्ता देशहरु यस्तो प्रभाव रहिरहोस भन्नेमा रहेको उनले बताए। उनले भने, ‘ईरानको सीरियामा निकै ठूलो प्रभाव देखिन्छ । इराकमा पनि प्रभाव देखिन्छ । लेबनानमा पनि यसको प्रभाव देखिन्छ। र यदि यमन पनि उता गयो भने, स्थिति निकै परिवर्तन हुनसक्छ। यो क्षेत्र निकै महत्वपूर्ण छ। इराक, इरान, सीरिया, लेबनान यमन। यो पूरा क्षेत्र तेलमा डूबेको छ। निकै तेल यी देशमा छ। ठूला देशहरुको यहाँ आफ्नो हित छ। बहुराष्ट्रिय कम्पनीहहरुको पनि आफ्नो हित छ।’

प्रोफेसर पाशा भन्छन्, ‘साउदीलाई ईरानको दबदबा मन पर्दैन, अब उसलाई आफ्नो अस्तित्व खतरामा रहेको लागेको छ। उसको दृष्टि यमनको तेल र ग्यास भण्डारहरुमा छ।’

युद्ध साउदी र यमनबीच

पाशा दाबी गर्छन्, ‘यमनको मौजुदा स्थितिका लागि कतै न कतै साउदीको पूरानो चाहना जिम्मेवार छ। जसका कारण उ यमनमा दबदबा बनाउन चाहन्छ।’ उनी भन्छन्, ‘खासमा युद्ध साउदी अरब र यमनका मानिसहरुबीचमा भइरहेको छ। शताब्दीदेखि साउदी अरब उनीहरुमाथि दबदबा बनाउन चाहन्थ्यो। उनीहरुमाथि नियन्त्रण चाहन्थ्यो। उनीहरुको प्रगति रोक्न चाहन्थ्यो। उनीहरुलाई आफ्नो कब्जामा वा प्रभावमा राख्न चाहन्थ्यो।’

उनी स्मरण गराउँछन्, ‘उत्तर र दक्षिण यमनलाई गाभेर १९९० मा अस्तित्वमा आएको मौजुदा देश यमनको पहिला पनि इतिहास थियो। उत्तरी यमनमा केही समय अटोमन साम्राज्यको अधिकार थियो र दक्षिणी यमनमा करिब १३० वर्षसम्म बेलायतको अधिकार रह्यो।’

किन असफल भए हादी?

दुई भाग एक भएपछि पनि पृथकताको भावना सकिएन। एके पाशा भन्छन्, ‘२०११ को अबरपछि यमनको रानीतिक स्थितिमा परिवर्तन आयो। २०११ मा जब लीबिया, ट्यूनीशिया, इजिप्ट र सीरितमा अरब क्रान्ति (अरब स्प्रिंग) भयो। गद्दाफी। होस्नी मुबारक, र ट्यूनीशियाका सदरको सत्ता पल्टियो। त्यो समयमा यमनमा पनि निकै ठूलो प्रदर्शन भयो। जसको कारण अली अब्दुल्लाह सालेहले पद छोड्नु पर्यो। उनले उपराष्ट्रिपति अब्दरबू हादीलाई सत्ता हस्तान्तरण गरे। हादीलाई सँयुक्त राष्ट्र संघ पनि राष्ट्रपतिका रुपमा वैधता दिन्छ।’

तर, हादीका लागि सरकार चलाउन सजिलो थिएन। उनले सालेहका इमान्दारसँग लड्नुपर्ने थियो। अलकायदा र इस्लामिक स्टेटको बढ्दो प्रभाव पनि रोक्नु थियो। तर, उनका लागि सबैभन्दा ठूलो मुश्किल बन्यो शिया विद्रोही हुती आन्दोलन। हुती विद्रोहीहरुले हादीको कमजोरीको फाइदा उठाए। र उत्तर तथा पश्चिमका धेरैजसो स्थानमा कब्जा गरे।

२०१५ मा हुती विद्रोहीहरुले राजधानी सनामा कब्जा गरे र हादीले साउदी अरबमा शरण लिनु पर्यो। हुती विद्रोहीले मोहम्मद अल हुतीको नेतृत्वमा सरकार गठन गरे तर अन्तर्राष्ट्रिय समूदायले यसको सट्टा हादी सरकारलाई नै यमनको सरकारका रुपमा मान्यता दिए।

मार्च २०१५ मा साउदी अरबको नेतृत्वमा बनेको आठ देशको गठबन्धनले हुती विद्रोहीहरु विरुद्ध हवाई आक्रमण शुरु गर्यो। यस गठबन्धनमा अमेरिका, बेलायत र फ्रान्सले सहयोग दिए।

एके पाशा भन्छन्, ‘अमेरिकामा दबाब दिएर एक अन्तर्राष्ट्रिय गठबन्धन बनाइयो, जसमा साउदी अरब, यूएई र अन्य देश सहभागी थिए। खुफिया सूचना, तालिम, हतियार बेलायत, फ्रान्स र अमेरिकाले दिइरहे। यूएई र साउदी अरबले आ आफ्नो काम बाँडे। दक्षिणी यमनमा यूएईको रुची थियो र उत्तरमा साउदीको ।’

यमनमा अमेरिकाको पनि रुची

यमनमा यी तमाम देशहरुको हस्तक्षेपका पछाडि आ आफ्नो हित छन्। पाशा भन्छन्, ‘सोमालियामा सैन्य शिविर बनाउन नसकेको अमेरिका यमनलाई विकल्पका रुपमा हेर्छ। यमनको रणनीतिक स्थिति पनि यसको महत्व बढाउँछ। लाल सागर र हिन्द महासागरलाई अदनको खाडीसँग जोड्ने जलडमरुमध्यमा यमन छ। यो क्षेत्र निकै महत्वपूर्ण छ। यहाँबाट संसारको दुई तिहाई तेल ओसारपसार हुन्छ। एशियादेखि यूरोप र अमेरिका जाने जहाज पनि यहीँबाट जान्छन्। यो व्यापार र शिपिंगका लागि महत्वपूर्ण क्षेत्र हो। यो एक व्यस्थ रुट हो।’

कमर आगा भन्छन्, ‘यमनमा रुची बेलायत, खाडीकोमात्र छैन, चीन र रुसको पनि छ।’

यमनमा विध्वंशका चिह्न

पहिला गृह युद्ध र गएका ४ वर्षदेखि गठबन्धन सेनाका आक्रमण झेल्दा यमनको अनुहार बदलिएको छ। कमर आगा भन्छन्, ‘अवस्था दिनदिनै खराब हुँदै गएको छ। त्यहाँका मानिसहरुसँग खानेकुरा पनि छैन। त्यहाँ रोगले महामारीको रुप लिएका छन्। मानिसहरु मरिरहेका छन्। मानवअधिकारको उल्लंघन बढेको छ। कहिले जन्तीमा बम खसालिन्छ, कहिले विद्यालयमा कहिले अस्पतालमाथि बम खसालिन्छ।’

सँयुक्त राष्ट्र संघले २०१६को युद्धपछि त्यहाँ कम्तीमा १० हजार मानिस मारिएको अनुमान गरेको । एजेन्सीहरु त ७० हजारसम्म मानिसहरु मरेको बताउँछन्। जो मानिसहरु बाँचेका छन्, उनीहरु पनि युद्धको रापमा जलिरहेका छन्। युद्धका कारण यमनको पूरा जनसंख्या समस्यामा छ। यो देश सबैभन्दा गरिब देशमा गनिन थालेको छ।

राष्ट्र संघका अनुसार देशको करिब ८) प्रतिशत जनसंख्या अथवा २ करोड ४० लाखभन्द धेरै मानिसहरुलाई मानवीय सहयोग वा संरक्षणको आवश्यकता छ। यी मध्ये एक करोड मानिसहरु यस्ता छन्, जोसँग खाने खाद्यन्न र पिउने पानीसमेत छैन। ३३ लाखभन्दा धेरै विस्थापित भइसकेका छन्।

देशको स्वास्थ्य संरचना भत्किसकेको छ। पाँच वर्षभन्दा कम उमेरका ४ लाखभन्दा धेरै बालबालिका गम्भीर कुपोषणका शिकार भएका छन्। कुल जनसंख्याको २० लाख बच्चाहरुसमेत ३० लाख मानिसहरु कुपोषित छन्। गएका वर्षहरुमा महामारीको रुप लिने हैजाको चपेटामा परेर हजारौं मानिसहरुले ज्यान गुमाएका छन्।

दलदलमा फस्यो साउदी अरब

तर झट्का साउदी अरब र उसका सहयोगीहरुलाई पनि कम लागेका छैनन्। कमर आगा साउदीले नचाहेको दलदलमा फसेको बताउँछन्। उनले भने, ‘मलाई लाग्दैन यमनमा साउदीको जे उद्देश्य थियो, त्यो पूरा भइरहेको छ। साउदी अरबका अगाडि समस्या छ की तेलको मुल्य कम भएको छ। आम्दानी कम भएको छ। युद्धको खर्च निकै बढेको छ। तर उनीहरु पछाडि फर्कन सक्दैनन्, किनकी हुतीले अब मान्ने छैनन्।’

उता एके पाशा यमनको इतिहासलाई स्मरण गराउँदै भन्छन्, ‘यमनका मानिसहरुले सँधै आफ्नो देशमा कब्जाको प्रयास गर्नेहरुलाई लखेटेका छन्, यही हिम्मतको दमममा केही हप्तामा युद्ध सकिने दाबी गर्ने साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई हैरान गरेका छन्।’

एके पाशका अनुसार ‘साउदी अरबले केही प्राप्त गर्न सकेन। आफ्नो हतियार गुमायो। आफ्नो छवि गुमायो। क्राउन प्रिन्स सलमानले प्रतिवद्धता गरेका थिए दुई हप्तामा वा दुई महिनामा युद्ध समाप्त गर्नेछु, उनी अब धुलो चाटिरहेका छन्। उनको निकै बेज्जत भएको छ। उनको सहयोगी यूएई पनि अलगथलग भएको छ।’

दबाबमा साउदी अरब

पाशा दावी गर्छन्, ‘हुती विद्रोहीहरुले साउदी अरबका विमान स्थल र महत्वपूर्ण स्थानमा आक्रमण गरेर उसलाई दबाबमा पारिदिएका छन्। उनीहरुसँग यस्तो प्रविधि पुगेको छ। जसको माध्यमबाछ साउदी अरब भित्र लगातार हरेक दिन हजारौंको संख्यामा ड्रोन पठाइरहेका छन्। त्यसबाट निकै नोक्सान भइरहेको छ। खाडीदेखि लाल सागरसम्म जाने पाइप लाइन, पेट्रो केमिकल प्रतिष्ठान, विमानस्थल र बाँकी आधारभुत संरचनामा पनि उनीहरुले निकै क्षति गरेका छन्।’

युद्धको दबाबका बीचमा अमेरिका, बेलायत र फ्रान्समा पनि आफ्नो घर भित्र विरोध भइरहेको छ। मानवअधिकार संगठनहरु लगातार प्रश्न उठाइरहेका छन्। साउदी अरबको नेतृत्व रहेको गठबन्धनमा पनि दरार देखिन थालेको छ।

एके पाशा भन्छन्, ‘सँयुक्त अरब इमिरेट्स सात इमिरेट्सको संघ हो। यहाँबाट यमनमा जो मानिसहरु लड्न गएक थिए, त्यसमा सबैभन्दा धेरै मानिसहरु फुजैहराबाट थिए। त्यहाँका मानिसहरु गरिब र पछाडि छन्। उनीहरुका धेरै मानिसहरु त्यहाँ मारिएका छन्। जसका कारण युद्ध निकै अलोकप्रिय भइरहेको छ। दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतूमले अबु धाबीका क्राउन प्रिन्सलाई चेतावनी दिएका छन् की हुतीहरुले साउदीमा जस्तो आक्रमण गरेका छन्, त्यस्तै एक दुई मिसाइल दुबईमा दागे भने त यहाँ पूरा ध्वस्त हुनेछ।’

‘यूएईमा विद्रोह भएको छ। ईरानले खाडीमा तिब्ररुपमा तीन चार तेल ट्यांकरलाई कब्जा गरेको छ। इमिरेट्सविरुद्ध हुतीहरुले बमबारी गर्ने धम्की दिएका थिए त्यो निकै महत्वपूर्ण भयो। इमिरेट्सका अन्य शासकहरुले मिलेर अबूधाबीमा दबाब बनाए र उसले यमन युद्धबाट पछाडि हट्ने निर्णय लियो। तर तालिमका लागि उसको फौज अदनमा मौजुद छ।’

के छ समधान?

अदनलाई हादी सरकारले राधानी बनाएको छ। तर हादी देशभन्दा बाहिर छन्। साउदी अरबले यमनको लाइफ लाइन भनिने हुदैदा बन्दरगाहमा नाकाबन्दी गरेको छ। तर, युद्ध समाप्त हुने संकेत देखिएका छैनन्।

कमर आगा भन्छन्, ‘युद्ध शुरु त गर्न सकिन्छ, समाप्त गर्न निकै मुश्किल हुन्छ। यहाँ केही शक्तिहरु छन्, यसमा केही एकअर्का विरुद्ध पनि छन्। उनीहरु युद्ध समाप्त हुँदै दिँदैनन्। मलाई लाग्दैन कसैले पनि यसलाई जित्न सक्छ। यो युद्ध समाप्त गर्ने काम ठूलो मुश्किलको काम हो। निकै प्रयासहरु भए। स्वीडेनमा प्रयास भयो। हामीलाई आशा थियो, सायद युद्ध विराम हुनेछ। तर, फेरि अवस्था खराब भयो।’

स्वीडेनमा हुती प्रतिनिधिहरु र हादी सरकारबीच सम्झौताको प्रयास पछि पनि युद्ध विराम हुन सकेन । तर पाशा भन्छन्, ‘अहिले केही आशाका किरण देखिएका छन्। विस्तारै विस्तारै आशा देखिएको छ। र यसको कारण ईरान र फ्रान्सका राष्ट्रिपति म्याक्रोँको तर्फबाट गरिएको प्रयास हो। त्यहाँ युद्ध विराम को आशा छ।’

यमन ध्वस्त भईसकेको छ। यू्एई युद्धबाट बाहिर आउने तयारीमा छ। र साउदी अरब पनि थाकिसकेको छ। तर, अझै पनि कसैले पनि दाबी गर्न सक्दैन यमनको युद्ध कहिले रोकिन्छ। खास गरेर शनिबारको पछिल्लो घटनाक्रमपछि स्थिति थप खराब भइरहेको देखिन्छ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position