बलिउडले फेरि चोर्यो पाकिस्तानी संगीत, सलीम आफैंले स्वीकार्दै भने ‘हो, उस्तै सुनिन्छ’

डिसी नेपाल
३० भदौ २०७६ १६:५२

एजेन्सी। बलिउडले फेरि अर्को पाकिस्तानी गीतको धुन चोरी गरेको पाइएको छ । बलिउडका चर्चित गायक संगीतकारको जोडी सलिम–सुलेमानले हालै सार्वजनिक गरेको नयाँ गीत ‘हारया’को धुन कपी गरिएको पाकिस्तानी गायकले बताएका छन् । पाकिस्तानी गायक फरहान सइदले ट्वीट गर्दै लेखेका छन् ‘चोरी गर्नै छ भने सोधेर गर । सोध्नु नै छैन भने कमसेकम राम्रो त गर ।’

पाकिस्तानी गायक तथा अभिनेता सइदले लेखेका छन् ‘यो भर्खरै कसैले मलाई पठाए । सलिम मर्चेन्टको यो गीत मेरो गीत रोइयाँको पूरै कपी छ । मलाई आश्चर्य लाग्छ कि उनीहरु अरु कसैको काम चोरी गर्छन् तैपनि उनीहरुसँग आफूलाई कलाकार भन्ने दुस्साहस हुन्छ । गर्नै छ भने सोधेर गर । सोध्नु नै छैन भने कमसेकम राम्रो त गर ।

गायक सलिम मर्चेन्टले सइटको ट्वीटको जवाफ दिएका छन् । सलिमले सइदको जवाफ दिँदै लेखेका छन् ‘फरहान मैले तपाइँको गीत भर्खरै सुनें । यो मात्रै एक संयोग हो कि हारया को कोरस तपाइँको गीतको जस्तै छ । साँचो भन्दा यो गीत मैले पहिले कहिल्यै सुनेको छैन । यस्तो कैयौं पटक हुन्छ कि नोट्स मेल खान्छन् । सुलेमान र मेरो नाममा कहिल्यै चोरी गरेर गीत बनाएको रेकर्ड छैन ।’

सलिम सुलेमानको नयाँ गीत हारया सुन्नुहोस् –

अब फरहान सइदको गीत रोइया सुन्नुहोस् –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *