कपिल शर्माको शोमा फर्किंदैछन् डाक्टर मशहुल गुलाटी ?

डिसी नेपाल
३० भदौ २०७६ १६:५४

एजेन्सी। भारतीइ हास्य शो ‘द कपिल शर्मा शो’ अहिले पनि भारतीय टीआरपीमा शीर्षमा छ । तैपनि आम दर्शकलाई थाहा छ यो शोको सुनौलो समय त्यतिबेला थियो जब यो शोमा कपिलसँगै सुनिल ग्रोवर कहिले डाक्टर मशहुर गुलाटी त कहिले रिंकु भाभीको भूमिकामा थिए । सुनील ग्रोवर र कपिलको यो जोडी निकै लोकप्रिय थियो । सुनील शो छाडेर गएपछि दर्शकले उनलाई मिस गरिरहेका छन् ।

अहिले सुनील ग्रोवरको एउटा ट्वीटले टेलिभिजन जगतमा तरंग ल्याइदिएको छ । यसलाई सुनील कपिल शर्मा शोमा फर्किन लागेको इशारा मानिएको छ । सुनीलले यो ट्वीट शनिबार बेलुका गरेका थिए जो अझै चर्चामा छ । ट्वीटमा उनले लेखेका छन् ‘सबथोक पाइन्छ । केही पनि सधैंका लागि रहँदैन । त्यसैले सधैं अरुप्रति आभारी रहनुहोस् । यही मूल मन्त्र हो । खुब हाँस्नुस् । बाँकी …. मेरे हसबेंड मुझको…’

सुनीलको यो ट्वीटमा धेरै फ्यानले कमेन्ट गरेका छन् । एक जनाले लेखेका छन् ‘मलाई लाग्छ यो इशारा हो कि उनी फर्किंदैछन् ।’ एक अन्य युजरले लेखे ‘सुनील ग्रोवर सर तपाइँका प्रस्तुतीलाई निकै मिस गर्छौं । ‘ऐसे कौन करता है भाइ’, ‘कैसा लगा मेरा मजाक’, ‘पियार नहीँ करते’ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *