कास्की समाज अमेरिकाको नेतृत्वमा पुनः कुल गुरुङ
अमेरिका। लामो समयदेखि समाज सेवामा समर्पित कास्की समाज अमेरिकाको सभापतिमा पुनः कुल गुरुङ सर्बसम्मत चयन भएका छन्।
समाजको साधारण सभाले गुरुङलाई थप एक वर्षका लागि नेतृत्व सुम्पिएको हो। कास्की समाजको ११ सदस्सीय कार्यसमितिको उप–सभापतिमा भरत बराइली र महासचिवमा मदन सुवेदी सर्वसम्मत चयन भएका छन्।
त्यसैगरी सह–सचिवमा प्रकाश सिग्देल, कोषाध्यक्षमा भरत थापा, सहकोषाध्यक्ष श्याम कतिला, आईटी डाईरेक्टर रमेश श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। सर्वसम्मत चयन हुने सदस्यहरुमा माया अधिकारी, दिपेन्द्र पोख्रेल, सन्देस काफ्ले, बसन्त बस्नेत रहेका छन्।

सामाजिक कार्यमा समर्पित कास्की समाज कास्की जिल्लाबाट अमेरिका आएर विभिन्न ब्यापार ब्यवसाय र जागिरमा संलग्न भएका नेपालीको संस्था हो।
नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै नेपालमा आइपरेका प्राकृतिक विपत्तिमा समाजले मलम पट्टी लगाउँदै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment