शिवहरीको ‘लक्का जवान’मा जोडिए सविन श्रेष्ठ

डिसी नेपाल
३१ भदौ २०७६ १५:१८

काठमाडौं। छायांकनमा रहेको चलचित्र ‘लक्का जवान’मा अभिनेता सविन श्रेष्ठको पनि अभिनय रहने भएको छ। सविनले डिसी नेपालसंग कुरा गर्दै चलचित्रमा आफू विशेष भूमिकामा अभिनय गर्न लागेको बताए।

‘भूमिका मन परेर काम गर्न लागेको हुँ। छोटो तर विशेष भूमिकामा देखिनेछु’–उनले भने।

सविनले सामाजिक सञ्जाल फेसबुकमा चलचित्र यूनिटसंगका केही तस्वीर पनि शेयर गरेका छन्।

‘लक्का जवान’ हास्य कलाकार शिवहरी पौडेलको निर्देशनमा तयार हुँदैछ। कमेडी जनारामा निर्माण भईरहेको चलचित्रमा किरण केसी, दीलिप रायमाझी, राजाराम पौडेल, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहनेछ।

चलचित्रलाई चैतको ७ गतेबाट प्रदर्शनमा ल्याउने निर्माण यूनिटले जनाएको छ।

सविनको निर्माण तथा अभिनय रहेको चलचित्र ‘हिरो रिटन्र्स’ मंसिरमा प्रदर्शनमा आउँदैछ। सविनले हमेशा, रावण, रामप्यारी, हवल्दार सुन्तली लगायतका सफल चलचित्रमा अभिनय गरेका छन्। तर, पछिल्ला वर्ष चलचित्र छनोटमा ध्यान नदिँदा उनको क्रेज खस्किएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *