गायक राजेशको सम्मानपत्र र अवार्ड जलेपछि नायक राजेशले के भने ?

डिसी नेपाल
३१ भदौ २०७६ १६:३१

काठमाडौं। लोकप्रिय गायक राजेश पायल राई सांगीतिक कार्यक्रमको शिलशिलामा देशबाहर हुँदा घरमा आगलागी भयो।

उनको बानेश्वरस्थित घरमा सोमबार दिउँसो ३ बजेतिर बिजुली सर्ट भएर आगलागी भएको हो। आगलागीबाट कुनै मानवीय क्षति भने भएन्।

तर, राजेशपायलले संगीत क्षेत्रबाट कमाएका अवार्ड, सम्मानपत्र तथा मायाको चिनोहरु जलेर नष्ट भए। उनले संगीत क्षेत्रबाट कमाएका अवार्ड, सम्मानपत्र तथा मायाको चिनोहरु आफ्नो कोठामा राख्दै आएका थिए। सोही कोठामा बिजुली सर्ट भएर आगलागी भएको थियो। छिमेकी, प्रहरी र दमकलको सहायतामा केही समयमा आगो निभाईयो।

आगलागीपछि विदेशमा रहेका गायक राईले अवार्डहरु जले पनि दर्शकले आफूप्रति दिएको माया कहिले नजलोस् भनेर कामना गरेका छन्।

यसैक्रममा गायक राजेशको घटनामा अभिनेता राजेश हमालले सान्त्वना प्रकट गरेका छन्। उनले आफूहरु दुईको जलेको तस्वीर फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, –राजेशपायल राईजीको घरमा आगो लागेछ। उहाँको सम्मान जलेको छ तर उहाँको हिम्मत र हाम्रो दोस्ती कहिल्यै जल्दैन्।’

यी दुईको सम्बन्ध अत्यन्तै घनिष्ट छ। राजेश हमाल अभिनित धेरै चलचित्रमा राजेश पायलले गीत गाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *