No ads found for this position
No ads found for this position

एभरेष्ट प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजनबाट हुने

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ असोज २०७६ १०:४०
No ads found for this position

काठमाडौं । यस बर्षको एभरेष्ट प्रिमियर लिग (इपिएल) को प्रत्यक्ष प्रसारण डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ नामक भारतीय टेलिभिजन च्यानलबाट हुने भएको छ । राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा इपिएल र डी-स्पोर्ट्सबीच ग्लोबल प्रसारण अधिकार सम्बन्धि हस्ताक्षर भएको छ । ईपीएलका लागि अख्तर र डी स्पोर्ट्सका सिइओ दिलिप शरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस बर्षको इपीएलको ग्लोबल प्रसारण अधिकार डिस्कभरी एसिया प्यासिफिकले सन्चालन गरेको च्यानलले खरिद गरेको हो तर नेपालको लागि भने प्रसारण अधिकार ईपीएलसँग नै रहेको छ । इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आवश्यक परेको खण्डमा इपीएलको नेपालमा प्रत्यक्ष प्रशारण नेपाली च्यानलबाट पनि हुनसक्ने बताए । डी स्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, निदहास ट्रफीलगायत प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेको थियो ।

नेपाली फ्रेन्चाइज क्रिकेटमा पहिलो पटक अन्तर्राष्ट्रिय मिडियाको प्रयोग गरिएको हो । यसअघि इपीएलको पहिलो संस्करण कान्तिपुर टेलिभिजनले गरेको थियो । दोस्रो र तेस्रो संस्करण भने एपीवान एचडीले गरेको थियो । डी स्पोर्ट्सका सिइओ दिलिप शरणले सम्झौतापछि आफुहारु डी स्पोर्ट्समा इपिएल प्रशारण गर्न पाउदा उत्साहित भएको बताउदै आफुहरुले नेपाली क्रिकेटका अन्तर्राष्ट्रिय दर्शक र विदेशमा रहेका नेपालीलाई लक्षित गरेर इपिएल प्रशारण गर्ने बताए ।

त्यस्तै इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले डीस्पोर्ट्ससँगको सहकार्यले नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने बताउदै यसले इपिएललाई विश्वस्तरमा पुर्याउने बताए । इपिएलको यस बर्षको प्रतियोगिता आगामी फागुन १७ देखी चैत्र १ सम्म हुने छ ।

साथै यस बर्षको इपिएलमा सबै फ़्रेन्चाइजीले टेस्ट खेल्ने देशबाट कम्तिमा एक जना आइकोनिक खेलाडी भित्र्याउनु पर्ने नियम बनाइएकोले अन्तर्राष्ट्रिय क्रिकेटका सुपरस्टार क्रिकेटरहरु समेत आउदो इपिएलमा देख्न सकिने सम्भावना बढेको छ ।

इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आइकोनिक खेलाडीको शर्तले अन्तर्राष्ट्रिय क्रिकेटका ठुला नामहरु नेपालमा आएर खेल्ने अवस्था बनेको बताउदै अन्तर्राष्ट्रिय स्तरको लिग बनाउन सबै प्रयास गरिरहेको जानकारी दिएका छन् ।

इपिएलमा काठमाडौँ किंग्स, ललितपुर प्याट्रीयाट्स, पोखरा राइनोज, चितवन टाइगर्स, बिराटनगर वारियर्स र भैरहवा ग्लाडीयटर्स गरी ६ टिम रहेका छन् । २०१७ मा भएको इपिएल बिराटनगर वारियर्सले जितेको थियो भने गत सिजनको उपाधि ललितपुर प्याट्रीयटर्सले जितेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *