अस्पतालमा रातको अँध्यारोमा चिच्याएको आवाज आउँछ, कुनै बेला यहाँ मसानघाट थियो

डिसी नेपाल
१ असोज २०७६ ११:१७

काठमाडौं। विज्ञानले भूत प्रेतको कुनै अस्तित्व भएको स्वीकार गर्दैन तर संसारभा केही यस्ता ठाउँहरु छन् जहाँ विचित्र घटनाहरु हुने गर्छन् । यी घटनाहरुको विज्ञानसँग पनि कुनै जवाफ छैन । यतै ठाउँहरुमध्ये एक हो हङकङको साइ यिंग पुन अस्पताल, जहाँ रातको अँध्यारोमा चिच्याएको आवाज आउँछ ।

हङकङमा रहेको यो अस्पतान मानसिक अस्पताल हो । यो अस्पतालको स्थापना १८९२ मा भएको थियो । दोस्रो विश्वयुद्धमा यसलाई नर्सिङ स्टाफको क्वाटरको रुपमा प्रयोग गरिन्थ्यो । युद्धको समयमा सैनिक यसलाई फाँसी घरको रुपमा प्रयोग गर्थे भनेर पनि भनिन्छ । पछि १९७१ देखि यहाँ मनोविज्ञानको चिकित्साको काम गर्न थालियो ।

स्थानीयका अनुसार अस्पतालको आसपास रातको अँध्यारोमा चिच्याएको आवाज सुनिन्छ । यति मात्र होइन यहाँ टाउको काटिएका डरलाग्दा छाया पनि दौडिन्छन् । यो ठाउँ पहिले एक मसानघाट भएको बताइन्छ । यहाँ नकारात्मक शक्तिको वास भएको मानिन्छ । यसको जाँचको लागि यहाँ कैयौं वैज्ञानिक आए । उनीहरुले उपकरणमा अञ्जान संकेत पनि पाए । स्थानीय यहाँ सैनिकको आत्मा भट्रिहेको र उनीहरुले मानिसहरुलाई सताउने मान्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *