अस्पतालमा रातको अँध्यारोमा चिच्याएको आवाज आउँछ, कुनै बेला यहाँ मसानघाट थियो
काठमाडौं। विज्ञानले भूत प्रेतको कुनै अस्तित्व भएको स्वीकार गर्दैन तर संसारभा केही यस्ता ठाउँहरु छन् जहाँ विचित्र घटनाहरु हुने गर्छन् । यी घटनाहरुको विज्ञानसँग पनि कुनै जवाफ छैन । यतै ठाउँहरुमध्ये एक हो हङकङको साइ यिंग पुन अस्पताल, जहाँ रातको अँध्यारोमा चिच्याएको आवाज आउँछ ।
हङकङमा रहेको यो अस्पतान मानसिक अस्पताल हो । यो अस्पतालको स्थापना १८९२ मा भएको थियो । दोस्रो विश्वयुद्धमा यसलाई नर्सिङ स्टाफको क्वाटरको रुपमा प्रयोग गरिन्थ्यो । युद्धको समयमा सैनिक यसलाई फाँसी घरको रुपमा प्रयोग गर्थे भनेर पनि भनिन्छ । पछि १९७१ देखि यहाँ मनोविज्ञानको चिकित्साको काम गर्न थालियो ।
स्थानीयका अनुसार अस्पतालको आसपास रातको अँध्यारोमा चिच्याएको आवाज सुनिन्छ । यति मात्र होइन यहाँ टाउको काटिएका डरलाग्दा छाया पनि दौडिन्छन् । यो ठाउँ पहिले एक मसानघाट भएको बताइन्छ । यहाँ नकारात्मक शक्तिको वास भएको मानिन्छ । यसको जाँचको लागि यहाँ कैयौं वैज्ञानिक आए । उनीहरुले उपकरणमा अञ्जान संकेत पनि पाए । स्थानीय यहाँ सैनिकको आत्मा भट्रिहेको र उनीहरुले मानिसहरुलाई सताउने मान्छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment