सद्दाम हुसेनका सेना र त्यो युवकको मार्मिक बयान – Dcnepal

सद्दाम हुसेनका सेना र त्यो युवकको मार्मिक बयान

बग्दाद (बीबीसी) । ‘मलाई निकै भयानक अनुभव भइरहेको थियो। मैले आफ्नै आँखा अगाडि आमको हत्या भइरहेको देखेँको थिएँ। मसँग आमालाई बचाउने शक्ति थिएन। मैले आमाको रक्षा गर्न सकेन। त्यसपछि मैले आफ्ना दुई बहिनीहरुको हत्या गरेको देखेँ।’

‘उनीहरुले आमा र बहिनीलाई मात्र मारेनन्। उनीहरुले मेरा सबै नातेदारहरुको हत्या गरिदिए।’

उनीहरुको अपराध यो थियो की उनीहरु सद्दाम हुसेनको इराकमा बस्ने कुर्द नागरिक थिए। यो गएका ३० वर्ष पहिलाको घटना हो। तर तैमूर अब्दुल्ला अहमदलाई आज पनि त्यो घटनाको हरेक क्षण सम्झना छ। यो घटना मे १९८८ को हो । त्यो बेला मात्र १२ वर्षका तैमूर भावानत्मक रुपमा नभए पनि शारीरिक रुपमा त्यो हत्याकाण्डमा बाँच्न सफल भएका थिए।

तैमूरले बीबीसीसँग भने, ‘मेरो आत्मा मरेको थियो। मैले त्यो चिहानमा आफ्नी आमा र बहिनीहरुको शव लडेको देखेको थिएँ।’ त्यो दिन तैमूरलाई पनि गोली हानिएको थियो। तर त्यो गोली उनको पाखुरामा लाग्यो र उनी अँध्यारोको फाइदा उठाँदै खाल्डाबाट घिर्सिँदै बाहिर आएका थिए। यो चमत्कार नै थियो, उनको ज्यान जोगियो।

हाल तैमूर अब्दुल्लालाई अपराधको त्यो कथाको एकएक तस्वीर राम्रोसँग सम्झना छ। एकएक हरप उनको मनमा लेखिएको छ। उनी त्यो भयावाह सम्झाना भन्दा कत्तिपनि अप्ठ्यारो मान्दैनन् । र पूरै अपराधको कथा सुनाउँछन्।

तैमूर भन्छन्, ‘मैले देखेँ मेरी आमाको टाउकोमा गोली लागेको थियो, जसका कारण उनको दोपट्टा खसेको थियो। यसपछि मैले देखेँ एक अर्को गोली मेरी बहिनीको गालालाई छिचोल्दै उनको टाउकोबाट निस्कियो। मेरी अर्की बहिनीको पाखुरामा गोली हानिएको थियो, उसको रगत पानी जस्तै बगिरहेको थियो।’

तैमूरलाई त्यो भयानक सम्झनाले पटक पटक सताउँछ। र जब उनी सुत्न खोज्छन्, उनको मनमा त्यो सम्झना फेरि ताजा हुन्छ्। जब तैमूर कुनै बच्चा वा जवान युवतीलाई देख्छन्, उनको मनमा प्रश्न उठ्छ – उसको परिवारलाई के भयो होला?

तैमूर भन्छन्, ‘म एक साधारण मानिस जस्तो रहिन। म दैनिक त्यो घटनाबारे सोच्छु र पटक पटक मर्छु।’ अब ४३ वर्षका भइसकेका तैमूरले बीबीसीलाई आफ्नो ज्यान जोगिएको आश्चार्यजक द्धटना र न्यायका लागि आफ्नो लामो लडाईँको कथा सुनाए।

‘सारा संसारले हेरोस हामीमाथि के भएको थियो’

जून महिनामा इराकका अधिकारीहरुले त्यो स्थानको उत्खनन् शुरु गरे, जसको बारेमा तैमूरलाई लाग्छ, उनका नातेदर गाडिएका छन्। तर, अधिकारीहरुले उनलाई यो विषयमा जानकारी दिएनन्। हाल ईराकी अधिकारीहरुले यी अवशेषहरुलाई फेरि इराकको कुर्द क्षेत्रमा गाड्ने सोचमा छन्।

यो कुरा सुनेर तैमुरको सिर उठेको छ। यसरी लुकीछिपी मानिसहरुको अवशेषहरुलाई उत्दनन् गरेर अर्को स्थानमा गाड्नुको कुनै अर्थ नहुने उनी बताउँछन्। उनी भन्छन्, ‘म चाहन्छु, सारा संसारले देखोस, हामीमाथि के भएको थियो। म निर्दोष बच्चाहरुको शव क्यामेरामा देखियो भन्ने चाहन्छु। जो आफ्नो आमाको काखामा टाँस्सिएका थिए, जब उनीहरुलाई गोली हानिएको थियो।’

यो हत्याकाण्डबारे विश्व जगतलाई खासै जानकारी नभएको तैमूरको विश्वास छ। अन्तर्राष्ट्रियरुपमा यो विषयमा कुनै प्रतिक्रिया पनि आएको छैन ।
तैमूर हाल अमेरिकामा बस्छन्। तर जब उनलाई साथीहरुले उनका नातेदारहरुको चिहान उत्खनन् भइरको जानकारी दिए, उनी तुरुन्त इराक पुगे। हाल उनी यी चिहानको उत्खनन्को विरोधमा छन्। किनकी उनकी आमा, बहिनी र नातेदार यहीँका चिहानमा गाडिएको उनको विश्वास छ। गएको एक दशकमा इराकमा कुर्द मानिसहरुको सामूहिक चिहानबारे थाहा भएको हो। इराकको सरकारले यस्ता ७० सामूहिक चिहान मध्ये १७ वटाको उत्खनन् गरिएको बताएको छ।

सद्दामको ‘अल अनफल’ अभियानको शिकार

ईरान–इराक युद्धको अन्तिम दिनहरुमा सद्दाम हुसेनले कुर्द मानिसहरु विरुद्ध निकै खतरनाक सैन्य अभियान शुरु गरे, जसको नाम ‘अल अनफल’ थियो । यी कुर्दहरु उत्तरी इराकमा बस्थे। यो सैन्य अभियानको उद्देश्य कुर्दहरुलाई सबक सिकाउनु थियो। किनकी उनीहरुको एक गुटले ईरानलाई सहयोग गरेको थियो। साथै सद्दाम कुर्दहरुको स्वतन्त्रताको माग पनि दबाउन चाहन्थे।

मानवअधिकार संगठन ह्यूमन राइट्स वाचले यो जातीय हिंसामा एक लाखभन्दा धेरै कुर्दहरु मारिएको बताएको छ। सद्दामको सेनाले कुर्दहरुको सफायाका लागि राशायनिक हतियार पनि प्रयोग गरेको बताइन्छ। उता कुर्दहरुले यो नरसंहारमा एक लाख ८२ हजारभन्दा धेरैको हत्या भएको बताउँछन्।
तैमूर अब्दुल्ला अहमदलाई अप्रिल १९८८ को त्यो दिन आज पनि सम्झना छ। जब सद्दाम हुसेनको हिंस्रक अभियानबारे सुनेर पूरै गाउँ सोचमग्न थियो। उनी भन्छन्, ‘उत्तर इराकका गाउँहरुलाई एक एक गरेर निशाना बनाइएको थियो।’

तैमूर सम्झिन्छन्, उनको गाउँमा उनीहरुकै परिवार बस्थे। ती मध्ये धेरैजसो मानिसहरु खेती गर्थे। तैमूरको गाउँको नाम कुलाजो थियो, जुन पहाडको बेँसीमा बसेको थियो। यो क्षेत्रमा जनसंख्या निकै कम थियो। यदि कुनै यो क्षेत्रमा बस्ने मानिसले यो गाउँबारे जानकारी नदिए, यो गाउँ पत्ता लगाउन कठिन थियो। तर, तैमूर भन्छन् ‘त्यो बेला धेरै कुर्दहरु सद्दाम हुसेनसँग मिलेका थिए। इराकी सैनिकहरुलाई हाम्रो गाउँसम्म पुर्याउन ती कुर्दहरुले सहयोग गरेका थिए।’

सेनाहरुले झुठ बोले

अप्रिल महिनको त्यो कालो दिनको सम्झना तैमूरको मनमा अझै पनि ताजै छ। जब गाउँका ११० बासिन्दाहरुलाई घरबार छोडेर जान भनिएको थियो। तैमूर भन्छन्, ‘सैनिकहरुले सबैसँग भने तिमिहरुका लागि शरणार्थी शिविर बनाइएको छ। त्यहाँ गएर आराम गर्न सक्छौ ।’ केही मानिसहरुलाई सेनाले गाडीहरुमा कोच्यो। तैमूरको परिवार पनि आफ्नो ट्याक्टरबाट पछाडि पछाडि हिँड्यो।

अलग अलग राखियो

अन्तममा यी सबै मानिसहरुलाई उत्तरी इराकको टोपजावा नामको सैनिक ब्यारेकमा ल्याइयो। त्यहाँ पुगेपछि पहिला पुरुषहरुलाई अलग गरियो। र उनीहरुलाई नांगो पारेर आँखामा कालो पट्टी बाँधियो। त्यो अन्तिम पटक थियो जब तैमूरले आफ्ना बाबुलाई देखेका थिए।

यसपछि तैमूर, उनकी बहिनी र अन्य बच्चाहरुलाई उनकी आमा, ठूली आमाकालाई करिब एक महिनासम्म साथै बन्धक बनाएर राखियो। मेको एक निकै रापिलो दिनमा सबै महिलाहरु र बच्चालाई पूरै ढाकिएको सैनिक ट्रकहरुमा राखियो र केही घण्टाको यात्रापछि उनीहरुलाई कुनै अज्ञात स्थानमा पुर्याइयो।
त्यो यात्राबारे तैमूर भन्छन्, ‘ट्रक भित्र निकै गर्मी थियो। गर्मी र थकानका कारण दुई बालिकाको मृत्यु भयो। उनीहरुले बीच मरुभूमिमा ट्रक रोकेर हामीलाई पानी पिउन दिए। त्यो पानीमा केमिकल थियो। जसले हाम्रो शरीर सुन्निएको थियो । हाम्रो हात बाँधेर फेरि ट्रकमा राखियो।’

तैमूरले हात खोलिसकेका थिए

तैमूरले कुनै तरिकाले आफ्ना हात खोलेका थिए। र आफ्नो आँखाको पट्टी हटाइदिएका थिए। पाँच मिनेटपछि ट्रक आफ्नो गन्त्व्यमा पुग्यो। जब त्यसको ढाला खोलियो तैमूरले देखे, त्यहाँ बुलडोजरले ठूा ठूला तीन वटा खाडल खनेका थिए। तैमूर भन्छन्, ‘मैले देखेँ एके–४७ लिएर दुई इराकी सैनिक ती खाडलतर्फ हेरिरहेका थिए।’

र त्यो पल जब गोली चल्यो

ट्रकबाट सबै महिलाहरु र बच्चा, यहाँसम्मकी एक महिनाको बच्चलाई ट्रकबाट उतारेर ती खाडलमा धकेलियो। तैमूर भन्छन्, ‘अचानक तीन सैनिकहरुले हामीमाथि गोली चलाउन थाले। उनीहरुले एक गर्भवती महिलाहरुलाई गोली हाने, जसको डेलिभरी हुनेवाला थियो। उनको पेट फुट्यो।’

तैमूरको बायाँ हातमा गोली लाग्यो। उनी केहि बुझिरहेका थिएनन्। गरौं त के गरौं। उनी भन्छन्, ‘मैले मरेको बाहाना बनाएँ। त्यो बेला गोलीहरु मेरो टाउको, कान र खुट्टाको आसपासबाट गइरहेका थिए। यस्तो लाग्थ्यो, पूरै जमीन हल्लिरहेको छ । पूरा जमीन रगतले रातो भएको थियो।’

तैमूरको पिठ्यूँमा दुई अरु गोली लागेका थिए। जसको चिह्न अझै पनि उनको शीरमा छन्। तैमूर भन्छन्, ‘म आफ्नो मृत्युलाई पर्खिरहेको थिएँ।’

कुनै किसिमले बाँचे

तैमूर आफ्नाी आमा र बहिनीहरुलाई साथै रहेको अर्को खाडलमा धकेलेर गोली हानिएको विश्वास गर्छन्। उनी भन्छन्, ‘म त्यो बेला १२ वर्षको थिएँ, मेरी ठूली बहिनी १० वर्षकी थिइहोला, सानी दुई बहिनी ८ र ६ वर्षकी।’

जब गोलीबारी रोकियो, अँध्यारो भइसकेको थियो। इराकी सैनिकहरु गएपछि तैमूर खाडलबाट बाहिर आए। कहिल्यै घिर्सेर, कहिल्यै कुदेर उनले मरुभूमिलाई पार गरेर एक पालसम्म पुगे जो इराकी बद्दू कविलाको थियो।

बद्दुले बचाए ज्यान
तैमूर भन्छन्, ‘किनकी मलाई त्यो अवस्थामा अस्पताल लगिनु जोखिमपूर्ण थियो, त्यसैले उनीहरुले मलाई गाउँकै वैद्य कहाँ लगे। उनको औषधिले मेरो गोलीको घाउ ठिक भयो।’ इराकका ती बद्दुहरुलाई थाहा थियो, कुनै कुर्द केटालाई शरण दिनु कति जोखिमपूर्ण छ। तर, उनीहरुले खतरा भए पनि तैमूरको ज्यान बचाए। तैमूर भन्छन्, ‘मलाई थाहा थियो, मेरा एक नातेदार इराकी सेनामा थिए, मैले उनीसँग सम्पर्क गरेर करिब ३ वर्षपछि कुर्द क्षेत्रमा गएँ।’

संघर्षको कथा

तर, जब तैमूर १९९१ मा कुर्द क्षेत्रमा पुगे, उनी इराकी सेनाको गोलीबाट बाँचेको हल्ला फैलियो। उनी भन्छन्, ‘जम मेरो कथा चर्चित भयो, इराकी अधिकारी र उनीहरुका कुर्द साथीहरु मलाई खोज्न थाले।’ त्यो बेला १५ वर्षका तैमूर ती मानिसहरुबाट बच्न लुकेर बस्न थाले। उनी भन्छन्, ‘म उजाड कुर्द क्षेत्रमा थिएँ। त्यहाँ खानका लागि केही पनि थिएन। मैले कति दिन त पातहरु खाएँ।’

तर, छिट्टै उनको अवस्था सुर्धिन र शरण पाउने उनको निवेदनलाई अनुमति दिइयो। तैमूर भन्छन्, ‘१९९६ मा म अमेरिका पुँगे। त्यहाँ मैले गाडीहरुको पार्ट पूर्जाको कारोबार शुरु गरेँ। अहिले पनि त्यहि गरिरहेको छु।’

न्याय
अमेरिकाबाट आएपछि तैमूर अब मरुभूमिका छन्। किनकी उनीहरु अधिकारीहरुलाई ती खाडल उत्खनन् गर्नबाट रोक्न सकुन जहाँ उनकी आमा र बहिनीको शव गाडिएको छ। उनी इराकी अधिकारी र नेताहरुको कुरा सुनेर हैरान भइरहेका छन्। जब एक चिहान उत्खनन् गरेर, अर्को चिहान पनि भेटिएको बताउँछन्।
उनी भन्छन्, ‘म यहिँ बस्छु र चिहानको सुरक्षा गर्छु। कुर्दहरुको नरसंहारलाई संसारले मान्नुपर्छ। हामीले यसका लागि जिम्मेवार मानिसहरुबाट न्याय पाउनु पर्छ।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो